चोटको स्क्यान गराउन अष्ट्रेलिया पुगे प्याट कमिन्स

IMG-20260404-WA0070

चेन्नई: सनराइजर्स हैदराबादका नियमित कप्तान प्याट कमिन्स आईपीएल २०२६-को बीचमा टीम क्याम्प छोड़ेर आफ्नो देश अष्ट्रेलिया फर्किएका छन्। उनले आफ्नो ढाड़को अन्तिम स्क्यान गराउनेछन्। ईएसपीएनक्रिकइन्फो-को रिपोर्टअनुसार, यो स्क्यान पहिलादेखि नै तय थियो। उनको स्क्यान क्रिकेट अष्ट्रेलियाको देखरेखमा गरिनेछ। उनको रिपोर्ट सही आए उनी १७ अप्रेलमा टीममा जोड़िनेछन्। सबै कुरा ठीकठाक रहे उनी आईपीएलको दोस्रो हाफ अनि प्लेअफ् म्याचहरूमा खेल्न सक्ने कमिन्सले अगावै भनेका छन्। उनी यस सीजनको शुरुवातमै टीममा सामेल भएर नेट्समा नियमित बलिंग गरिरहेका थिए तर शुरुवाती म्याचहरू चाहिँ खेल्न सकेनन्। उनले अनुपस्थितिमा ईशान किशनले टीमको कप्तानी सम्हालेका थिए अनि आउँदो म्याचहरूमा पनि सम्हाल्नेछन्। कमिन्स गत वर्ष जुलाईदेखि नै ढाड़को चोटसँग जुझिरहेका छन्। दिसम्बरमा एशेज सीरीजको तेस्रो टेस्ट म्याच छोड़ेर उनले अधिक प्रतिस्पर्धी क्रिकेट खेलेका छैनन्। उनी टी२० वर्ल्ड कपमा खेल्ने आशामा थिए तर रिकवरीमा आएको हल्का समस्याले गर्दा उनी टुर्नामेण्टबाट बाहिर भएका थिए। उनको अनुपस्थितिमा सनराइजर्स हैदराबादबाट विदेशी पेस बलरको रूपमा एशान मलिंगा र डेविन पेनले खेलिरहेका छन्। टीमको आउँदो म्याच आइतवार लखनऊ सुपर जाइण्ट्सविरुद्ध रहेको छ।

About Author

Advertisement