चेतन शर्माको अगुवाईमा रहने चयन समितिलाई बर्खास्त गऱ्यो बीसीसीआई-ले

IMG-20221119-WA0100.jpg

१९ नोभेम्बरः भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले आईसीसी टी२० वर्ल्ड कपमा निराशाजनक प्रदर्शनपछि सीनियर पुरुष टीमका चयन समितिलाई बर्खास्त गऱ्यो। चेतन शर्माको अगुवाईमा रहने चयन समितिको कार्यकालको समय बाँचेको थियो तर बोर्डले टीमको हताशाजनक प्रदर्शनपछि यस्तो कठोर कदम उठाएको छ। बोर्डले पाँच सदस्यीय चयन समितिमा नियुक्तिको निम्ति आवेदन मागेको छ। बर्खास्त गरिएको चयन समितिमा चेतन शर्मा (अध्यक्ष), देवाशीष मोहान्ती, हरविन्दर सिंह र सुनील जोशी सामेल थिए। पाँचवटा पदको निम्ति आवेदन २८ नोभेम्बर, २०२२ (साँझ ६ बजीसम्म)-सम्म जमा गर्नु पर्नेछ। बीसीसीआईका मानद सचिव जय शाहले भने, भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले राष्ट्रिय चयनकर्ताहरू (सीनियर पुरुष)-का पदको निम्ति आवेदन आमन्त्रित गरेको छ। उक्त पदहरूका निम्ति आवेदन गर्ने व्यक्तिहरूले केही मानदण्डहरूलाई पूरा गर्नु पर्नेछ। यसको निम्ति बोर्डले केही शर्तहरू तय गरेको छः
पहिलो शर्तः आवेदकहरूले कम्तीमा सातवटा टेस्ट म्याच या ४० वटा प्रथम श्रेणीको म्याच या १० वटा वनडे र २० वटा प्रथम श्रेणीको म्याच खेलेको हुनु पर्नेछ।
दोस्रो शर्तः आवेदकले कम्तीमा पाँच साल अघि खेलबाट सन्न्यास लिएको हुनु पर्नेछ। अर्थात्, हालै सन्न्यास लिने खेलाड़ीहरूले पदको निम्ति आवेदन गर्न सक्नेछैनन्।
तेस्रो शर्तः कुनै पनि व्यक्ति, जो जम्मा ५ सालको निम्ति कुनै पनि क्रिकेट समिति (बीसीसीआईको नियमहरू अनुसार)-का सदस्य रहिसकेका छन्, पुरुष टीमको चयन समितिको सदस्य बन्ने पात्र हुनेछैनन्।
टीम इण्डिया एशिया कपको फाइनलमा पनि पुग्न सकेको थिएन। यूएई-मा भएको त्यस टुर्नामेण्टमा भारतलाई पाकिस्तान र श्रीलंकाले पराजित गरेको थियो। त्यसपछि रोहित शर्माको कप्तानीमा रहने टीम टी२० वर्ल्ड कपको सेमिफाइनलमा ईंग्ल्याण्ड विरुद्ध पराजित भयो। त्यस म्याचमा १० विकेटले पराजित भएपछि भारतीय टीमको निक्कै आलोचना भएको थियो। यसअघि पाकिस्तान विरुद्ध २०२१-को विश्व कपमा पनि भारत १० विकेटले नै पराजित भएको थियो। यसपाली अष्ट्रेलियामा निराशाजनक प्रदर्शनपछि टीमको चयनमाथि नै प्रश्न उठ्न थालेको थियो।

About Author

Advertisement