चितुवाले खायो सुङ्गुर

d6d32361-3a5b-4d8f-a1c1-fb5657b53c7d

कालचिनीः जङ्गली चितुवाको आतङ्क चियाकमान र बनबस्तीका गाउँहरूमा जारी रहेको क्रममा शनिबार एकबिहानै कालचिनी खण्डको बक्सा ब्याघ्र प्रकल्प पश्चिम अधिनस्थ रहेको पाना बस्ती निवासी कविराज परगालीको घरबारीमा बाँधेर राखेको एउटा सुङ्गुरलाई जङ्गली चितुवाले थुतेर मारेको गाउँलेहरूले जनाएका छन्। बिहानै सुङ्गुर कराएको आवाज सुनेर बारीमा हेर्न जाँदा चितुवाले सुङ्गुरलाई बाँधेको अवस्थामा मारेर आधा जस्तो खाएर भागेको घर धनी कविराज परगालीले जनाएका छन्। यता उक्त घटनाको जानकारी पाना बीटमा दिँदा बनकर्मीले उक्त मरेको सुङ्गुरको तस्वीर लिएर यसको रिपोर्ट पाना रेञ्जको अधिकारी समक्ष दिएको बताइएको छ। जङ्गलमा यदि सो घटना भएको भए यसको जिम्मा बन विभागले लिन नस्कने तर गाउँभित्र भएको घटनाले सम्बन्धित घर धनीले आवेदन गरे केही क्षतिपूर्ति पाउने सम्भावना रहेको बताइएको छ।

About Author

Advertisement