उत्तरबंगाल किसान खेत मजदूर तृणमूल कंग्रेस सम्मेलन आगामी ५ मार्चको दिन सिलगढीमा हुने

IMG-20240203-WA0143.jpg

जलपाइगढी। किसान खेत मजदूर तृणमूल कंग्रेसले शनिबार तृणमूल भवनमा आयोजित पत्रकार सम्मेलनमा उत्तरबंगाल किसान खेत मजदूर तृणमूल कंग्रेस सम्मेलनको घोषणा गर्‍यो। यस सम्मेलनको स्थान सिलगढीको विधान रोडमा रहेको भवनमा ५ मार्च तय गरिएको छ। उक्त सम्मेलनमा करिब ७ हजार प्रतिनिधि सहभागी हुने उत्तरबंगाल किसान खेत मजुर तृणमूलका संयुक्त संयोजक प्रसेनजित रोयले जानकारी दिए। सम्मेलनमा किसानको वर्तमान अवस्था, केन्द्रको विपन्नता र लोकसभा चुनाउमा यस संस्थाको भूमिकाका विषयमा छलफल हुने उनले पत्रकारहरुलाई बताए। साथै संगठनलाई मजबुत बनाउन के गर्नुपर्छ भन्ने विषयमा पनि उत्तरबंगाल सम्मेलनमा छलफल हुने बताइएको छ। पत्रकार सम्मेलनमा तृणमूल नेता दुलाल देबनाथ, दिलदार हुसेन, नारायण क्षेत्री, तृणमूल क्षेत्र मजुर संगठनका प्रदेश महासचिव असिम सिकदारलगायतका नेताहरू उपस्थित थिए।

About Author

Advertisement