चारवटा पिस्तोल लावारिस बैगबाट उद्धार, मानिसहरू आतङ्कित

IMG_20221014_173923.jpg

सिलगढी: आज बिहिवार साँझ लावारिस रुपमा रहेको दुईवटा ब्याग भित्रबाट चार वटा पिस्तोल उद्धार भएपछि क्षेत्रमा सनसनी फैलिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार सिलगढी जंक्सन ट्राफिक गार्ड सामु दुई वटा लावारिश ब्याग त्यसै फ्याँकिएको थियो। यो व्याग दोकानदारहरूले देखेपछि यसबारे जंक्सन ट्राफिक गार्डलाई तुरन्तै खबर दिए। यसपछि सिलगढी जंक्सन ट्राफिक गार्डले यसको सूचना प्रधान नगर थानालाई दियो। सूचना पाएर प्रधान नगर थानाको पुलिस घटनास्थलमा पुगेर दुवै वटा ब्यागको छानबिन गरे। यस छानबिन अवधि पुलिसले दुई वटा ब्यागबाट चार वटा पिस्तोल उद्धार गरेको छ। पुलिस उक्त ब्यागको मालिकको खोजीमा जुटेको छ।

About Author

Advertisement