सिलगढी: सिलगढी शहरका पत्रकारहरूद्वारा सञ्चालित‘आम्रा सोबाई मेयर सन्तान नामक क्लबको सदस्यगणले क्लबको प्रांगणमा शुक्रबार खुन्टी पूजाको आयोजना गरिएको थियो। खुन्टी पूजासँगै आजदेखि काली पूजाका लागि पण्डल निर्माणको काम पनि शुरु भएको छ। यस वर्ष क्लबले आयोजना गरेको काली पूजा ६० औं वर्षमा प्रवेश गरेको छ। पत्रकारहरुको यो क्लबले हरेक वर्ष काली पूजा भव्यताका साथ आयोजना गर्ने गरेको छ। यस वर्ष पनि काली पूजा निकै आकर्षक रुपमा आयोजना गरिने क्लबका सदस्यहरुले बताएका छन्। पूजाको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।









