घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर २५७ मा चुनावी र समर्थन सभा सम्पन्न

IMG-20240328-WA0303.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको रोहिणीस्थित बुथ नम्बर २५७ लाप्चेटारमा भागोप्रमोको चुनावी सभा साथै समर्थन सभा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबाको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त चुनावी सभालाई भागोप्रमो खरसाङ महकुमा समितिको सचिव प्रणाम रसाइली, कार्यकारी सभासद कल्पना प्रधान, नारी शक्ति लङ्भ्यु अम्बटे पंखाबारी समष्टिको सचिव अनिला राई प्रदीप प्रधान र सरला पाख्रिनले वक्तव्य राखेका थिए। सभामा वक्ताहरूले भागोप्रमो समर्थित प्रार्थी गोपाल लामालाई जिताउन सबैले सक्रिय भएर खट्ने आह्वान् गरेका छन्। यसै सभामा घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर २५७ को रोहिणीस्थित लाप्चेटारबाट अन्य पार्टीहरू त्यागेर १८ परिवारले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। समर्थन जनाउनेहरूलाई घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा, समष्टी नारी शक्तिको सचिव अनिला राई र अन्यको बाहुलीबाट दलीय झण्डा प्रदान गरेर भागोप्रमो पार्टीमा स्वागत जनाइएको जानकारी प्राप्त भएको छ।

समर्थन जनाउने सबैले भागोप्रमोके समर्थित प्रार्थी गोपाल लामालाई जिताउने वचन दिएको जानकारी प्राप्त भएको छ। यस सभामा भागोप्रमो खरसाङ महकुमा समितिको पदाधिकारीहरू, लङ्भ्यु अम्बटे पंखाबारी समष्टिका प्रतिनिधिहरू र बुथ कमिटीको प्रतिनिधिहरू क्रमैले राजमान राई, महेन्द्र थापा, बिजय प्रधान, प्रदीप प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए।

About Author

Advertisement