नयाँ दिल्ली: दक्षिण बंगाल सीमान्त अन्तर्गत बीएसएफ ६८औं बटालियनको सीमा चौकी रनघाटका मुस्तैद जवानहरूले ठोस सूचनाको आधारमा एक व्यक्तिलाई भारतीय सीमामा घुसपैठ गरेको समय हिरासतमा लिए। जसको पहिचान गाउँ-करघाटी, गोपालगंज-जिल्ला, बांग्लादेश निवासी खालिद हसन हृदया (२७) को रूपमा गरिएको छ।
दिल्ली बीएसएफ मुख्यालयबाट प्राप्त जानकारीअनुसार, सोधपुछमा खालिदले खुलासा गऱ्यो कि एक बस दुर्घटनामा उसको हात काँटिएको थियो। जसको उपचार गराउन औं आर्टिफिशियल हात लगाउनका निम्ति व्यक्ति भारत आईरहेको थियो। तब बीएसएफका जवानहरूले उसलाई अवैध रूपमा सीमा नाघ्दै गरेको समय समाए।
पक्रा परेको बांग्लादेशी नागरिकलाई सद्भावना र मानवीयताको रूपमा बर्डर गार्ड बांग्लादेशलाई सुम्पियो। बीएसएफका कमाण्डिङ अफिसर योगेन्द्र सिंह अग्रवालले बताए अनुसार, बीएसएफले बांग्लादेश सीमामा घुसपैठलाई रोक्नको निम्ति कड़ा कदम उठाईरहेछ। जसले गर्दा मानिसहरू लगातार पक्रा परिरहेका छन्। पक्रा परेका मानिसहरूको अपराधको गम्भीरतालाई मध्यनजर राखेर सद्भावना र मानवीयताको रूपमा यी व्यक्तिहरूलाई बर्डर गार्ड बांग्लादेशलाई सुम्पिन्छ।









