खरसाङ: महानदीको घुम्ती कमानस्थित आदर्श श्रमिक कल्याण भवनको तत्वधानमा सांस्कृतिक कार्यक्रम नृत्य अनि गायन प्रतियोगिता सम्पन्न भयो। यस कार्यक्रमका अध्यक्षको रूपमा समाजसेवी सूर्यनारायण प्रधान उपस्थित रहेका थिए। कार्यक्रममा मुख्य अतिथिको रूपमा सिलगढी लेबर अफिसमाबाट इन्सपेक्टर अन्जु बम्जन उपस्थित थिइन् भने साथमा सुमेन सन्याल, विशाल तामाङ पोख्रेबुङबाट लाक्पा लेप्चा, सोनादाबाट सुन्दर स्याङ्देन महानदी सेन्टरका प्रभारी प्रविना क्षेत्री , प्रवीण दर्नालको उपस्थिति रहेका थिए। यस प्रतियोगितामा सिविटार, घुम्ती पोख्रेबुङ, गिङका प्रतियोगीहरूले आफ्नो प्रस्तुति दिएका थिए।

यस कार्यक्रमको सञ्चालन सुन्दर स्याङदेनले गरेका थिए। यस कार्यक्रममा छनौट भएका प्रतियोगीहरूलाई आगामी केही दिनभित्र प्रतियोगिताको निम्ति कलकत्ता लाने निश्चित भएको छ भनी महानदी मोडल लेबर वेल्फेर सेन्टर केरटेकर प्रविन दर्नाल जानकारी गराएका छन्।





