गोर्खाल्याण्ड नौलो संघर्ष समितिको आन्तरिक बैठक सम्पन्न

IMG-20261115-WA0096

मुद्दालाई लिएर म एक्लै भोक हडतालमा बस्नेछु: बिक्रादि राई

खरसाङ: गोर्खाहरुको लामो समयदेखि रहेको मुद्दाको बिक्रमादि राईले भोक हडतालमा बस्ने भएका छन्। उनी छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा, उन्मुक्तिको लागि, पीपीएस, केन्द्र सरकारको हेल्चेक्राई, अब संसदमा हुने शीतकालीन अधिवेशनमा छुट्टै राज्य गोर्खाल्याण्डको कुनै पनि बील आउनु पर्ने माग साथै स्थानीय नेताहरुलाई मुद्दाको लागि झकझकाउनलाई गोर्खाल्याण्ड नौलो संघर्ष समितिको तर्फबाट भोक हडतालमा बस्ने भएका छन्। हालमा डबल इञ्जिनको सरकार भए‌ पनि अनि केन्द्रले दिन्छु भनेर भने पनि पहाडका नेताहरु सठीक नभएकोले गोर्खाहरुको मुद्दा ओझेलमा परेको कारण मुद्दालाई पुनः जगाउन नै आफु भोक हडतालमा बस्ने निर्णय गरिएको र उक्त अनशन आगामी १ दिसम्बरदेखि बस्ने पनि बिक्रमादि राईले बताएका छन्। उनले खरसाङको गिध्द पहाडमा गोर्खाल्याण्ड नौलो संघर्ष समितिको सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै उक्त कुरा बताएका छन्। बिक्रमादि राईले आफ्नो भोक हडताल ग्यामन ब्रीज नजिक मिरिक क्षेत्रतिर रहेको खेल मैदानमा बस्ने किनभने गोर्खाल्याण्ड नौलो संघर्ष समितिको घोषणा पनि ग्यामन ब्रीजबाट शुरु गरिएको बताएका छन्। विशेष गरेर खरसाङको गिध्द पहाडमा गोर्खाल्याण्ड नौलो संघर्ष समितिको सभा बसेर आगामी कार्यक्रमहरु विषयमा चर्चा परिचर्चा गरिएपछि सभाले उक्त निर्णय गरिएको जानकारी गराएका छन्। उनले वर्तमान समयमा सत्तामा रहेका नेताहरु र डबल इञ्जिनको सरकारले जनतालाई केवल मनोरञ्जनमा भुलाएको र गोर्खाहरुको मुद्दा ओझेलमा परेको कारण गोर्खाल्याण्ड नौलो संघर्ष समितिद्वारा गोर्खाहरुको एक मात्र मुद्दा छुट्टै राज्य गोर्खाल्याण्डलाई पुनः अघि लाने भएको र यसको लागि आफु एक्लै भोक हडतालमा बस्न लागेको बताए। राईले गोर्खाहरुको मुद्दाको लागि पहाडका सबै राजनीतिक पार्टीहरुलाई पनि पत्रचार गरिने जानकारी गराएका छन्। उनले जानकारी गराए अनुसार खरसाङको गिध्द पहाडमा गोर्खाल्याण्ड नौलो संघर्ष समितिको सभा वर्तमान राजनीतिक स्थिति र आगामी दिनको रणनीति विषयमा चर्चा परिचर्चा गरिएको छ। उक्त सभामा गोर्खाल्याण्ड नौलो संघर्ष समितिको विभिन्न स्थानहरुबाट प्रतिनिधिहरु उपस्थित रहेको जानकारी गराएका छन्। पत्रकारहरुले सोधेका विभिन्न प्रश्नहरुको उत्तर दिन्दै गोर्खाल्याण्ड नौलो संघर्ष समितिको एकजना सदस्य बिक्रमादि राईले भने, केन्द्र सरकारले दिन्छु भनेर पनि स्थानीय नेताहरुको कमजोरीको कारणले केही गरम सकेको छैन। भाजपाले धेरै वर्षदेखि के भनेर भोट पाएको हो र अहिलेसम्म केही गरेको छैन अनि यसपाली डबल इञ्जिनको सरकार आए पनि गोर्खाहरुको लागि अहिलेसम्म केही भएको छैन।’
राईले अघि भने, ‘हलम डबल इञ्जिनको सरकार आए पनि केवल मनोरञ्जनमा भुलाउने, सानो सानो कुरातिर भुलाउने, केवल टार्ने कुरा मात्र गरिरहेको र यी सबैको लागि केवल हाम्रै नेताहरुलाई प्रयोग गर्ने गरेको र यस्ता नेताहरुको कारणले गर्दा हाम्रो मुद्दा धमिल्याएर गएको छ। तर यसपाली संसदमा शीतकालीन अधिवेशनमा छुट्टै राज्य गोर्खाल्याण्डको बील आएको हुनुपर्छ। यसको लागि गोर्खाल्याण्ड नौलो संघर्ष समितिको तर्फबाट सबैलाई दवाब दिइने काम गरिनेछ।’
उनले गोर्खाल्याण्ड नौलो संघर्ष समितिले गोर्खाहरुको मुद्दालाई झकझकाउन काम गर्नेछ भनी बताए। उनले यसको लागि जनसाधारणलाई आह्वान् गर्दै भने, हाम्रो कार्यलाई सबैले वैचारिक रुपमा सहयोग गरिरहेका छन् तर अब सबैले वैचारिक, आर्थिक र बौध्दिक रुपमा पनि अघि आएर सहयोग गर्नुपर्छ भनी बताएका छन्। उनले यसको लागि आफूहरु जनसाधारणको तर्फबाट आशावादी रहेको पनि बताएका छन्।

About Author

Advertisement