ग्याङस्टरको धम्कीपछि सलमान खानले किने बुलेटप्रुफ कार

Salman-Khan-Bullet-Proof-Car

नयाँ दिल्ली: बलिउड स्टार सलमान खानलाई मार्ने धम्की आएपछि उनका फ्यानहरु उनको सुरक्षालाई लिएर चिन्तित छन्। धम्कीपूर्ण पत्र पाएपछि सलमानको सुरक्षा व्यवस्था कडा गरिएको छ। मुम्बई पुलिसले अभिनेतालाई हतियार राख्न अनुमति दिएको छ। सलमान खानले नयाँ बुलेटप्रुफ गाडी पनि किनेको खबर आएको छ। सलमान खान मुम्बई एयरपोर्टमा देखिएका थिए। एयरपोर्टमा सलमानले टोयोटा ल्यान्ड क्रुजरमा स्वैग इन्ट्री गरेका थिए। यो बुलेटप्रुफ गाडी हो जसको मूल्य १.५ करोड रहेको बताइएको छ। कारवाले डट कमका अनुसार सलमान खानको ल्यान्ड क्रुजरमा ४४६१ सीसी इन्जिन छ जसले २६२ बीएचपी पावर उत्पादन गर्छ।

About Author

Advertisement