गान्ताेकमा डिआर थापाको नेतृत्वमा ‘तिरंगा यात्रा’

FB_IMG_1786288434268

८०औँ स्वतन्त्रता दिवस भव्य रूपमा मनाइँदै

गान्ताेक: भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा सञ्चालित ‘हर घर तिरंगा अभियान’ अन्तर्गत सिक्किमको राजधानी ग्याङटोकमा भव्य ‘तिरंगा यात्रा’ सम्पन्न भएको छ।
​भाजपा सिक्किमका अध्यक्ष डिआर थापाको नेतृत्वमा आयोजित उक्त यात्रामा ठूलो संख्यामा नागरिक, युवा तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। देशभक्तिको भावनाका साथ आयोजना गरिएको यात्राले ग्याङटोक शहरलाई राष्ट्रिय झण्डा (तिरंगा) मय बनाएको थियो।

कार्यक्रमपछि सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै भाजपा अध्यक्ष डिआर थापाले यो दिन ग्याङटोकका लागि एक गर्वको दिन भएको बताएका छन्। उनले यात्रालाई भव्य र सफल बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने सम्पूर्ण नागरिक, युवा तथा विद्यार्थीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरे।

थापाले ‘एक तिरंगा, एक राष्ट्र, एक स्वाभिमान’ को नारा दिँदै सहभागीहरूको उत्साह र सहभागिताले राष्ट्रिय ध्वजाको शान अझ बढाएको उल्लेख गरेका छन्।

About Author

Advertisement