गौतम गोस्वामी अदालतमा हाजिर

IMG-20240706-WA0134

सिलगढी: जग्गा घोटालामा पक्राउ परेका तृणमूल नेता गौतम गोस्वामीलाई शनिबार अदालतमा पेश गरियाे। उनलाई हिजो दिल्लीबाट पक्राउ गरिएको थियाे। आज अदालत जाँदै गर्दा पत्रकारसँग कुरा गर्दै गौतम गोस्वामीले आफूलाई निर्दोष घोषणा गर्दै जुलावी राय नामकले आफूविरुद्ध मुद्दा दायर गरेको र सो व्यक्तिलाई आफूले चिन्ने पनि नरहेको बताए। उनलाई थाहा छैन किन र केका लागि उनलाई फसाइएको छ। मुख्यमन्त्रीका कारण मात्र जनताको सेवा गर्न राजनीतिमा आएको उनले बताए। तर मुख्यमन्त्रीको आदेशपछि पुलिसले उनलाई पक्राउ गरेको हो। मुख्यमन्त्रीको यस आदेशपछि फुलवारी डाबग्राम क्षेत्रमा अशान्ति भएको छ। तर मुख्यमन्त्रीको आदेश सही छ। उपचारका लागि बाहिर गएको र उपचार सकिएपछि आत्मसमर्पण गरेको उनले बताए। मलाई मुख्यमन्त्री ममता बनर्जी, महासचिव अभिषेक बनर्जी र सिलगढी पुलिस आयुक्तालयको पुलिसमा पूर्ण विश्वास छ, म न्याय पाउँछु।

About Author

Advertisement