गोल्फ खेल्दा लागेको चोटले टी२० विश्व कपको टीमबाट बाहिर भए जनी बेयरस्टो

IMG-20220903-WA0106.jpg

३ सेप्टेम्बरः स्टार विकेटकीपर ब्याटर जनी बेयरस्टो टी२० विश्व कपबाट बाहिर भएका छन्। टीम घोषणा हुन ५ घण्टा अघि गोल्फ खेल्दा लागेको चोटले गर्दा बेयरस्टोको निम्ति विश्व कप खेल्नु सम्भव नभएको खबर आयो। ईंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी)-ले बताएअनुसार, लीड्समा गोल्फ खेल्दा बेयरस्टोको हातको तल्लो हिस्सामा चोट लाग्यो। चोटको सही स्थिति पत्तो लगाउनको निम्ति आउँदो हप्ता विशेषज्ञहरूका टीमले जाँच गर्नेछ। यसअघि शुक्रवार यस साल हुने टी२० विश्व कपको निम्ति ईंग्ल्याण्डले आफ्नो १९ सदस्यीय टीमको घोषणा गऱ्यो। टीममा बेन स्टोक्स, क्रिस वोक्स र मार्क वुड फर्किएका छन्। यसको साथै २००५ पछि पहिलोपल्ट पाकिस्तान यात्रामा जाने ईंग्ल्याण्ड टीमको पनि घोषणा गरियो। वुड, स्टोक्स र वोक्सले यस साल एउटा पनि टी२० अन्तर्राष्ट्रिय म्याच खेलेका छैनन्। यस्तो भएर पनि यी तीनजनाले टीममा स्थान पाए। यसरी नै खराब फर्ममा रहने ओपनर जेसन रोयलाई विश्व कप अनि पाकिस्तान विरुद्ध टी२० सीरीजको टीमबाट बाहिर गरिएको छ।
पाकिस्तान यात्रामा ईंग्ल्याण्डका धेरैजना स्टार खेलाड़ीहरूले हिस्सा लिनेछैनन्। यसमा स्टोक्स, बेयरस्टो, लियम विलिंगस्टोन र क्रिस जोर्डन जस्ता खेलाड़ीहरू सामेल छन्।
ईंग्ल्याण्डको टी२० विश्व कप टीमः
जोस बटलर (कप्तान), मोईन अली, जोनाथन बेयरस्टो, हेरी ब्रूक्स, सेम करन, क्रिस जोर्डन, लियम लिविंगस्टोन, डेविड मलान, आदिल रशिद, फिल सल्ट, बेन स्टोक्स, रीस टपली, डेविड विली, क्रिस वोक्स र मार्क वुड। अतिरिक्त खेलाड़ीः टाइमल मिल्स, लियम डसन अनि रिचर्ड ग्लीसन।

About Author

Advertisement