खरसाङ: गोर्खा जनमुक्ति मोर्चाको चिमनी देवराली ब्लक कमिटी गठन गरिएको छ। उक्त ब्लक कमिटी गठनको लागि गोजमुमोको सांगठनिक सभा सम्पन्न भएको छ उक्त सभालाई गोजमुमो खरसाङ महकुमा समितिको सभापति एवं पूर्व सभासद योगेन्द्र राईले अध्यक्षता गरेका थिए। सभामा गोजमुमो केन्द्रीय उपाध्यक्ष एवं खरसाङ महकुमा समितिको चिफ् को -अर्डिनेटर प्रदीप प्रधान विशेष रुपमा उपस्थित रहेका थिए। यसै सभामा खरसाङ महकुमा अन्तर्गत चिमनी देवराली ब्लक कमिटी गठन गरिएको छ। उक्त ब्लक कमिटीमा सभापति बीबी राई, उप सभापति रोहित रुम्बा र राजु गोले, सचिव भानु राई, सह सचिव सहदेव सिंह, कोषाध्यक्ष कैलाश खवास र सुजन रुम्बा, मुख्य सल्लाहकार शिवकुमार राई, पदम रुम्बा, मनमाला तामाङ र रुपा शेर्पा लगायत ३० जनाको कार्यकारी कमिटी गठन गरिएको छ।









