खरसाङ: खरसाङ महकुमा खेलकूद संघका एक कर्मठ सदस्य एवं खेलप्रति विशेष चासो राख्ने व्यक्ति बसन्त सिंहको निधन भएको छ। बसन्त सिंह वर्तमान समयमा खरसाङ महकुमा खेलकूद संघका कोषाध्यक्षको पदमा आसिन थिए भने सन् २०११ मा उनी खरसाङ रेलवे प्रेसदेखि अवकाश ग्रहण गरेका थिए। स्व बसन्त सिंहको मृत्यु १७ मईको रात्री समय लगभग १:३० बजे अस्पताल लाने अवधि हृदयघातको कारणले भएको थियो। बसन्त सिंह विभिन्न संघ संस्थाहरुसित पनि जडित थिए। जस्तै- पूर्वमा लोटस क्लब, गोर्खा सांस्कृतिक संस्थान इत्यादि। तिनको मृत्युमा खरसाङ महकुमा खेलकूद संघका अध्यक्ष मोहन योन्जनले संघको निम्ति एउटा अपूर्णनीय क्षति भएको बताएका छन्। स्व० बसन्त सिंह जहिले पनि जून समयमा भन्यो तेही समयमा आएर तिनलाई दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने व्यक्ति रहेको अनि एउटा कोषाध्यक्षको रुपमा तिनी एकदमै कडा अनुशासित थिए र पैसाको मामिलामा एक एक पैसाको सठीक रुपमा हिसाब राख्ने व्यक्ति रहेको अध्यक्ष योन्जनले बताए। संघका सचिव निर्मल गुरुङले भने, ‘मैले आज फेरि एउटा दाजु घुमाए। स्व बसन्त सिंह दाजुको बोली अलिक खस्रो थियो। सोझै बोल्थे तर मनमा भने कुनै पाप थिएन। सचिव निर्मल गुरुङ केही झण भावुक पनि भए। उनको ठाडो बोलीले कति त बोल्न पनि हिचहिचकौथे, तर कामको पक्का व्यक्ति थिए भन्दै गुरुङले खरसाङ महकुमा खेलकूद संघले आज फेरि एक महिनाको अन्तरालमा संघको एक अर्को स्तम्भ गुमाएको बताए। यस प्रकारका व्यक्तिहरु शायदै फेरि संघले पाउला भनी बताउँदै तिनको आत्मा शान्तिको प्रार्थना पनि तिनले गरे। यसको साथै संघका सम्पूर्ण सदस्यहरु पनि तिनको यस प्रकारको आकस्मिक निधनमा मर्महात बनेका छन्।










