गोर्खाल्याण्ड नौलो संघर्ष समितिको जन चर्चा अभियान

df4f4134-4eda-4a5c-9eda-ac682609dbf9

डबल इञ्जिनको सरकार दिनु चाहान्छ तर हाम्रो नेताहरु नै टेबलमा हार्दैछ – बिक्रमादि राई

खरसाङ: गोर्खाल्याण्ड नौलो संघर्ष समितिको जन चर्चा अभियान तीनधारे महानदी समष्टि अन्तर्गत घैयाबारीको लोवर गैरी गाउँस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त जन चर्चा अभियान अन्तर्गत घैयाबारी युउथ क्लबको आयोजनामा तथा देवंकर छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त जन चर्चा अभियान कार्यक्रमलाई कुसाङ तामाङले सञ्चालन गरेका थिए। गोर्खाल्याण्ड नौलो संघर्ष समितिको तर्फबाट विभिन्न स्थानहरुमा जन चर्चा अभियान आयोजना गर्ने क्रममा यसपाली तीनधारे महानदी समष्टिको घैयाबारीमा आयोजना गरेको छ। यस जनचर्चा कार्यक्रममा स्वागत सम्भाषण सागर राफले राखेका थिए। यस जन चर्चा अभियान कार्यक्रमलाई दिनेश प्रधान, मन्ना त्रिखत्री र बिक्रमादि राईले सम्बोधन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बिक्रमादि राईले गोर्खाल्याण्ड नौलो संघर्ष समितिको तर्फबाट विभिन्न स्थानहरुमा जन चर्चा अभियान अन्तर्गत तीनधारे महानदी समष्टिको घैयाबारीमा जनचेतना कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन्। उनले भने, अब युवाहरु जागरुक भएर अघि आउनुपर्छ। नयाँ नेतृत्वहरु अघि आएर काम गर्नुपर्छ।’ उनले अघि भने, जनताले जीटीएको विरोधमा भोट दिएको हो। किनभने जीटीए खारेज हुन्छ भनेको थियो। तर हालमा त्यही जीटीए चलाउनु खोज्दैछ। ३६० करोड रुपियाँ जीटीएमा दिएर पुनः सञ्चालन गर्न लागिरहेको छ। तर अब युबाहरुले साथ दिनुपर्छ। बुध्दीजीविहरु अघि आउनुपर्छ। डबल इञ्जिनको सरकार छ। सरकार दिनु चाहान्छ तर हाम्रो नेताहरु नै टेबलमा हार्दैछ।’ राईले गोर्खाल्याण्ड एपेक्स बडीमा डा महेन्द्र पी लामाको अगुवाईमा सबै बुध्दीजीविहरु छुट्टै राज्यको लागि अघि आउनुपर्छ भन्दै अझैं पनि यस गोर्खाल्याण्ड एपेक्स बडीमा कतिवटा राजनैतिक दलहरुका प्रतिनिधिहरु नआएकोमा खेद प्रकट गरेका छन्। यस कार्यक्रममा उपस्थित युवाहरुले बिक्रमादि राईलाई विभिन्न प्रश्नहरु राखेका थिए भने उनले विभिन्न प्रश्नहरुको उत्तर दिन्दै गोर्खाल्याण्ड नौलो संघर्ष समितिको उद्देश्य र आगामी दिनको कार्यक्रमहरु विषयमा जानकारी गराउँदै चर्चा परिचर्चा पनि गरेका थिए।

About Author

Advertisement