गोरूबथान: कालेबुङ जिल्ला अन्तर्गत गोरूबथानमा पब्लिक राइट प्रोटेक्सन एन्ड डेभलपमेन्ट फोरम गोरुबथान कालिम्पोङको औपचारिक उद्घाटन समारोह सम्पन्न भएको छ। स्थानीय स्तरमा जनअधिकारको संरक्षण, सामाजिक विकास तथा जनहितका विषयमा काम गर्ने उद्देश्यले फोरम गठन गरिएको बताइएको छ।
आजको यस समारोहको अध्यक्ष देवान बस्नेत उपस्थित थिए भने कार्यक्रममा प्रमुख अतिथिका रूपमा कालेबुङ निवासी वरिष्ठ अधिवक्ता प्रताप खाती, विशिष्ट अतिथि अल इन्डिया माइनरिटी अर्गनाइजेसनका राष्ट्रिय चियरम्यान नासिर अहमद अनि डुवर्सका सामाजिक अभियन्ता राजु नेपाली लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा समाजसेवी, शिक्षाविद् तथा विभिन्न सामाजिक संघ–संस्थासँग आबद्ध व्यक्तिहरू पनि सहभागी थिए।
जनअधिकार तथा जनविकासलाई केन्द्रमा राखेर फोरमले काम गर्ने विश्वास व्यक्त गर्दै संस्थाको दर्ता तथा आवश्यक प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको बताइएको छ। कुनै पनि पञ्जीकृत संस्थाले निरन्तर रूपमा राम्रो सामाजिक कार्य गरे सरकारी सहयोग प्राप्त गर्न सक्ने विषय पनि कार्यक्रममा उठाइएको थियो।
कार्यक्रममा एसआईआर अन्तर्गत मतदाता नामावलीमा नाम छुटेका व्यक्तिहरूको नाम पुनः समावेश गराउने विषयलाई समेत प्राथमिकताका साथ उठाइएको थियो। गोर्खा समुदायका २६८ जनाको नाम छुटेको उल्लेख गर्दै मतदाता सूचीमा नाम पुनर्स्थापनाका लागि पहल गर्नुपर्नेमा जोड दिइएको छ।
वक्ताहरूले स्थानीय जनताको हक, अधिकार र हितको संरक्षण गर्दै क्षेत्रको समग्र सामाजिक विकासका लागि फोरमले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए। साथै समाजमा सचेतना अभिवृद्धि गर्दै जनहितका विषयलाई सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।
फोरमका चियरम्यानको रुपमा सजीव अधिकारी लाई सर्वसम्मतिले चयन गरिएको छ भने एउटा पूर्णाङ्क समिति समेत आज गठन गरिएको छ।समिति यस प्रकार रहेको छ।
मुख्य कानुनी सल्लाहकार – प्रताप खाती तथा बन्दना राई
अध्यक्ष -सजिब अधिकारी।
सह अध्यक्ष – आनन्द छेत्री,गोपाल विश्व
महासचिवा- खुश्वु छेत्री
सचिव – राजिब सुब्बा
सह सचिव – राजु घिसिङ
कार्यकारिणी सचिव – अनिल राई
कानुनी संयोजक – अनुपा तामाङ
पि.एल.ओ. – प्रवेश राई
कोषाध्यक्षा – उर्मिला मिञ्ज
मिडिया संयोजिका – निर्दोशीका तामाङ
प्रवक्ता – ज्ञानेन्द्र ठकुरी।





