गुप्तेश्वर धाम: गुप्तेश्वर धाम एक पवित्र धाम हो। यस धाममा बर्सेनी सावन महिनामा जल चढाउने भक्तजनको धुइरो लाग्ने गर्छ। आजदेखि सुरु भएको सावन मासको पहिलो दिन देखि नै भक्तजनहरूको आवतजावत सुरु भइसकेको छ। सावन महिनाभरि हिन्दू धर्माविलम्बीहरूले शिवलिङ्गमा जल अर्पण गर्ने परम्परा रहिआएको छ। गोरुबथानको छोटा फागुमा स्थित गुप्तेश्वर धाममा यस वर्ष पनि सावन महिनाभरि जल अर्पण गर्न सकिने बताएका छन् गुप्तेश्वर धाम सेवा समितिका पदाधिकारी गणले।

सम्पूर्ण भक्तजनहरूलाई सावन महिनामा गुप्तेश्वर धाम भ्रमण गरी जल अर्पण गरी पुण्य कमाउने तथा गुप्तेश्वर बाबाको आशीर्वाद प्राप्त गर्न हुन गुप्तेश्वर धाम सेवासमितिले विशेष अनुरोध गरेका छन्।










