सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको संगठन विस्तार अभियानलाई थप सशक्त बनाउने उद्देश्यले रंगबुल धोतरिया रंगबुक समष्टि अन्तर्गत रंगबुल शाखा तथा गोर्खा राष्ट्रिय नारी संगठन गोरानासं रंगबुल शाखाको पुनर्गठन सफलतापूर्वक सम्पन्न भएको छ। केन्द्रीय समिति सदस्य एनबी प्रधानको अध्यक्षतामा सम्पन्न उक्त संगठनात्मक सभाको सञ्चालन समष्टि अध्यक्षा रञ्जिता सुब्बाले गरेकी थिइन्। सभामा गोरामुमो केन्द्रीय समिति सदस्य अरुण राईको विशेष उपस्थिति रहेको थियो। साथै रंगबुल क्षेत्रका पार्टी कार्यकर्ता, समर्थक तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सभामा सर्वसम्मतिले पुरानो शाखा समितिलाई विघटन गरी नयाँ कार्यसमिति गठन गरिएको हो। गोरामुमो रंगबुल शाखाको नयाँ कार्यसमितिमा अध्यक्ष नितुङ गुरुङ, उपाध्यक्ष रामे तामाङ, सचिव सुदीप प्रधान, सह सचिव सुमन सेवा, कोषाध्यक्ष दिपेन गुरुङ, प्रमुख सल्लाहकार सिराजुद्दिन अन्सारी र प्रणय शाह चयन भएका छन्। त्यसरी नै गोर्खा राष्ट्रिय नारी संगठन गोरानासं रंगबुल शाखाको नयाँ कार्यसमितिमा अध्यक्षा रोशनी राई, उपाध्यक्षा बिनु तामाङ, सचिवा सुनिता तामाङ, सह सचिवा निमा भुटिया, कोषाध्यक्ष छमु भुटिया,
सदस्यमा अञ्जली भुटिया
प्रमुख सल्लाहकारमा अन्जु सुब्बा र सावित्री तामाङ
नवगठित समितिका पदाधिकारीहरूलाई एनबी प्रधानले खादा लगाई बधाई तथा शुभकामना व्यक्त गर्दै पार्टीको सिद्धान्त, आदर्श र अनुशासनलाई आत्मसात गर्दै संगठनलाई अझ सुदृढ र व्यापक बनाउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। सभामा उपस्थित नेताहरूले रंगबुल क्षेत्रमा गोरामुमोको जनाधार दिनप्रतिदिन बलियो बन्दै गएको उल्लेख गर्दै आगामी दिनहरूमा संगठनलाई अझ गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। रंगबुल शाखा तथा गोरानासंको पुनर्गठनले स्थानीय स्तरमा पार्टीको संगठनात्मक संरचनालाई थप मजबुत बनाउने विश्वास गरिएको छ।









