दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समिति अध्यक्ष मन घिसिङको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आईतवार सांगठनिक सभामा सम्पन्न भएको छ। दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिक ब्राञ्च कमिटीका प्रतिनिधिवर्ग ,भातृ संगठनका प्रतिनिधिवर्ग साथै समष्टिका प्रतिनिधिवर्गलाई लिएर बसेको सांगठनिक सभामा पार्टी अध्यक्ष मन घिसिङद्वारा पार्टीको भावी रणनीति साथै संगठन विस्तार अनि वर्तमान राजनैतिक परिवेशमाथि सभालाई जानकारी गराएका छन्।
सभापछि केन्द्रीय समिति प्रवक्ता वाई लामाले आजको सांगठनिक सभामा पार्टी अध्यक्ष मन घिसिङद्वारा पार्टीको सिध्दान्त अनि कार्यशैलीलाई कसरी अगाडी बडाउनु पर्ने र आउँदो दिनहरूमा मुद्दालाई कसरी अगाडी बनाउनु पर्ने विषयहरुमा सभालाई जानकारी गराएको जनाएका छन्। उनले थप जानकारी गराउँदै भने, २०१९ देखि गोरामुमो एनडीएको घटक दल भएर कस्तो कार्यहरु भयो र मुद्दालाई कहाँसम्म पुर्याउने कार्य भयो सो विषय लिएर पनि जानकारी गराए।

यसै क्रममा समष्टि, शाखा प्रशाखाका प्रतिनिधिवर्गबाट पनि सुझावहरु लिइने कार्य पार्टी अध्यक्ष मन घिसिङद्वारा गरिएको छ। यसै क्रममा १९८६ सालको आन्दोलनमा आफ्नो अहम भूमिका निभाएका कर्मठ सदस्यहरुलाई अध्यक्ष मन घिसिङद्वारा सम्मान जनाएका छन्।










