गोपालसिंह नेपाली बस्नेत, लक्ष्मण श्रीमल र गायिका आशा भोसलेको सम्झनामा कार्यक्रम गरिने

IMG-20260426-WA0076

सिलगढी: सिलगढीमा सञ्चालित एसोसिएसन फर रिसर्च अन् नन्प्रफीट अर्गनाइजेन्स एण्ड वल्युन्टरी एक्टिविज “आरनोवा” ले तीन सर्जकहरूलाई श्रद्धाञ्जीस्वरूप “सर्जकहरूको सम्झना कार्यक्रमको आयोजना गर्ने भएको छ। संस्थानका संस्थापक अध्यक्ष रुबेन गुरूङको अध्यक्षता आइतबार बसेको सभामा यो कार्यक्रम गर्ने निधो गरिएको छ। आगामी १७ मई २०२६ आइतबार बिहान १० बजी राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेत, साहित्य अकादमी पुरस्कृत साहित्यकार लक्ष्मण श्रीमल र भर्खरै दिवङ्गत भएकी गायिका आशा भोसलेको सम्झनामा यो कार्यक्रम आयोजन गरिने भएको छ। कार्यक्रममा तीनैजना व्यक्तित्वहरूको योगदानमाथि वक्तव्य, कविता र गीतहरू प्रस्तुत गरिनेछ।वउक्त कार्यक्रम सिलगढीको चम्पासरी-मिलन मोड रोडको जादुभिट्टा अवस्थित एस. इ. मार्ट परिसरमा आयोजन गरिने “आरनोवा”का सचिव दिवाकर ढुङ्गेल शर्माले जानकारी गराएका छन्।

About Author

Advertisement