खरसाङ: गोर्खा जनमुक्ति मोर्चा तीनधारे घैयाबारी महानदी समष्टिको एक सांगठनिक सभा घैयाबारीको गैरी गाउँस्थित सार्वजनिक भवनमा गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रीय सदस्य योगराज प्रधानको सभाध्यक्षता सम्पन्न गरियो। उक्त सभा घैयाबारी खण्ड समितिको संयोजक दीप सन्यासीले सञ्चालन गरेका थिए। उक्त सभामा नै धेरै दिनदेखि निष्क्रिय रहेको घैयाबारी निवासी देवमनी राई पुन: गोर्खा जनमुक्ति मोर्चा मोर्चामा सामेल भएका छन् सभामा विशेष सुकना क्षेत्रबाट खरसाङ महकुमा नारी मोर्चा सह सचिव ज्योति शर्मा अनि अन्य सदस्यहरूले सहभागिता जनाएका थिए। सभामा वक्ताहरु सबैले पार्टीको सांगठनिक गतिविधि साथै संगठन विस्तार विषयमा र पार्टीको बीसौं स्थापना दिवस विषयमा चर्चा परिचर्चा गरेका थिए। सभामा पार्टीको सांगठनिक गतिविधि धारावाहिक रुपमा तीब्रताको साथ गर्ने निर्णय गरिएको छ। उक्त सभामा समष्टि सचिव सुरेशचन्द्र दर्नालले स्वागत सम्भाषण राख्दै नयाँ सदस्यलाई पार्टीमा स्वागत जनाएका छन्। सभामा वक्तव्यको क्रममा योगराज प्रधान, गगन खाती, विवेक ठटाल, अन्जली गुरुङ, ज्योति शर्मा, रेखा गुरुङ, सुकनाबाट पवन क्षेत्री अनि गिद्ध पहाडबाट खरसाङ महकुमा सह सचिव युवराज लामाले पनि पार्टीको संगठन विस्तार अनि भावी कार्यक्रममाथि प्रकाश पारेका थिए।





