तीनधारे: भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले चुनाव जितेकोमा भाजपा र यसको गठबन्धन दलहरुले बिजय उत्सव मनाउने क्रम जारी छ। विशेष गरेर भारतीय जनता पार्टीको गठबन्धन दल गोर्खा जनमुक्ति मोर्चाले विभिन्न स्थानहरुमा बिजय उत्सव मनाउनुको साथै मतदाताहरुलाई धन्यवाद दिने क्रम जारी राखेका छन्। यसै क्रममा तीनधारे महानदी समष्टिको बुथ नम्बर २४६ युवा मोर्चा संयोजक शरण गुप्ताको बाहुलीबाट सिपाहीधुरा रंगटङ्ग, नरबुङ क्षेत्रमा विजय उत्सव मनाउँदै खुसीले १२ सय साहु लड्डु वितरण गरेर विजय उत्सव मनाउने क्रम जारी रहेको छ। विशेष गरेर गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङ लगायत नव निर्वाचित विधायक सोनम लामाको जुन चाहिँ जीत भएको खुसीमा भव्य रूपले विजय उत्सव मनाइएको जानकारी प्राप्त भएको छ। यसको साथै यस क्षेत्रमा मतदाताहरुलाई गोजमुमोको तर्फबाट विशेष आभार प्रकट गरिएको छ।









