गैंड़ाको हत्या गरी सिंग काटेर लग्यो

Screenshot_20240323_185753_Chrome.jpg

काजीरंगा (असम): काजीरंगा नेशनल पार्कमा गैंड़ाको हत्या गरी शिकारीले गैंड़ाको सिंग काटेर लगेको घटना प्रकाश परेकाे छ। उक्त घटना काजीरंगा बुढ़ापहाड़ वनाञ्चलको टुनीकाटी वन शिविर क्षेत्रमा घटेको छ। शुक्रवार राती मात्र यो घटना घटेको हुनसक्ने आशंका व्यक्त गरिएको छ।

शनिवार बिहान पर्यटकहरूले सिंग काटिएको गैंड़ाको शव देखे। वनकर्मीहरूको भनाइ छ, राती यस क्षेत्रमा गोली चलेको आवाज सुनिएको छैन। घटना पश्चात वन तथा पुलिस अधिकारीहरू घटनास्थलमा पुगे। शिकारीको बारेमा पत्तो लगाउन अभियान शुरू गरिएको छ।

उल्लेखनीय छ, यस वर्ष काजीरंगाको बुढ़ा पहाड़ क्षेत्रमा यस्तो घटना घटेको यो पहिलो पटक हो। यद्यपि यसै वर्ष काजीरंगाको अगरतली रेञ्जमा गैंड़ाको हत्या भएको थियो। पछि पुलिसले अभियान चलाएर हत्यारालाई पक्राउ गरेको थियो। त्यसपछि असम पुलिसका महानिदेशक जीपी सिंहले भनेका थिए, अब काजीरंगाको सुरक्षालाई लिएर कुनै पनि प्रकारको सम्झौता गरिनेछैन। पूर्ववर्ती कंग्रेस सरकारको कार्यकालमा पनि काजीरंगामा ठूलो संख्यामा गैंड़ाहरूको हत्या भएको थियो।

About Author

Advertisement