सिलगढ़ी: सिक्किममा खिताब जितेको लगत्तै पछि लामो दूरीकी धावक प्रिया छेत्रीले यसपाली असमको गुवाहटीमा पनि सफलता हासिल गरिन्। सिलगढ़ी नजिक खोलाचन्द फाप्री निवासी प्रियाले शनिवार गुवाहटी वूमन्स हाफ म्याराथनमा पहिलो स्थान हासिल गरिन्। प्रियाले १० किलोमीटरको दूरी ४१ मिनट ०२ सेकेण्डमा पूरा गरिन्। सीमित सुविधा र संसाधनको साथ पनि प्रियाले निरन्तर मेहनतको साथ अझ एउटा उपलब्धि हासिल गर्दा स्थानीय खेलप्रेमीहरूमा खुशीको लहर छाएको छ।











