गृहमन्त्री अमित शाहसँग ‘रामायण’ टिमको भेट

IMG_9615a2f2-1670-4bca-9c91-371ff59a9a40

राजामौली र अल्लु अर्जुनद्वारा फिल्मको खुलेर प्रशंसा​न

मुंबई: बलिउड निर्देशक नितेश तिवारीको बहुप्रतीक्षित फिल्म ‘रामायण’ ले प्रदर्शनमा आएदेखि नै चौतर्फी चर्चा बटुलिरहेको छ। यसैबीच, फिल्मको निर्माण टिमले भारतका केन्द्रीय गृहमन्त्री अमित शाहसँग शिष्टाचार भेटवार्ता गरेको छ।​भेटघाटमा अभिनेता रणवीर कपुर, अभिनेत्री साई पल्लवी, निर्देशक नितेश तिवारीलगायत फिल्म युनिटका सदस्यहरूको उपस्थिति रहेको थियो। निर्माण पक्षको आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) पेज ‘द वर्ल्ड अफ रामायण’ बाट उक्त भेटका तस्बिरहरू सार्वजनिक गरिएका छन्। तस्बिर सार्वजनिक गर्दै निर्माण टिमले देश तथा विदेशका सिनेमाघरहरूमा दर्शकको अपार माया पाइरहेको अवस्थामा गृहमन्त्री शाहसँग भेट्न पाउँदा निकै खुसी लागेको उल्लेख गरेको छ।​दक्षिण भारतीय दिग्गजहरूको प्रशंसाफिल्मले आम दर्शकसँगै भारतीय फिल्म क्षेत्रका दिग्गज व्यक्तित्वहरूबाट समेत सकारात्मक प्रतिक्रिया पाइरहेको छ। ‘बाहुबली’ र ‘आरआरआर’ जस्ता फिल्मका निर्देशक एसएस राजामौलीले फिल्मको भव्यता र दृश्यहरूको खुलेर प्रशंसा गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “ठुलो पर्दामा ‘रामायण’ को विशालता र दृश्यहरू अद्भुत छन्। रामको भूमिकामा रणवीर विशेष गरी वनवासपछि निकै शान्त तर प्रभावशाली देखिएका छन्। रावणको भूमिकामा यशको अन्दाज खतरनाक छ भने सीताको भूमिकामा साई पल्लवी निकै सौम्य देखिएकी छिन्। मलाई फिल्मको हरेक पक्ष मन पर्यो।”​त्यस्तै, दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनले यस फिल्मलाई भारतीय सिनेमाको स्तर उकास्ने प्रयासको संज्ञा दिएका छन्। उनले भनेका छन्, “यो केवल एउटा फिल्म मात्र नभएर भारतीय सिनेमाको उचाइ बढाउने प्रयास हो। हाम्रा कथा, संस्कृति र गौरवलाई विश्वसामु पुर्‍याउने यस प्रयासलाई सबैले एकजुट भएर साथ दिनुपर्छ।”​यसैगरी, अभिनेता विजय देवरकोन्डाले रणवीर, साई र यशले पर्दामा जादु छरेको बताउँदै संगीतकार एआर रहमान, हान्स जिमर र सम्पूर्ण टिमप्रति सम्मान व्यक्त गरेका छन्। वरिष्ठ अभिनेता अनुपम खेरले पनि भिडियो सन्देशमार्फत फिल्मको सफलताको कामना गर्दै विश्वभरका दर्शकको आशीर्वाद मिल्ने विश्वास व्यक्त गरेका छन्।

About Author

Advertisement