गान्तोक-मङ्गन राजमार्गमा विशाल चट्टान खस्दा यातायात ठप्प

fe0f461e-2a00-44b7-9858-f29c92a04d07

गान्तोक: गान्तोक-मङ्गन राजमार्ग अन्तर्गत डिक्चु आठौँ माइलस्थित एलिम चर्च नजिकै आज एउटा विशाल चट्टान (ढुङ्गा) सडकमा खस्दा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। पहिरोसँगै खसेको उक्त ठुलो चट्टानका कारण सडकको उक्त खण्ड अस्थायी रूपमा बन्द हुन पुगेको छ, जसले गर्दा सवारी साधनहरूको आवतजावत पूर्ण रूपमा अवरुद्ध बनेको छ।
​घटना लगत्तै सम्बन्धित अधिकारी एवं प्रशासनको टोली सडक सफा गर्ने कार्यमा जुटेको छ। राजमार्गबाट उक्त विशाल चट्टानलाई हटाएर यातायात सुचारु गर्नका लागि युद्धस्तरमा काम भइरहेको जानकारी प्राप्त भएको छ। प्रशासनले चालक तथा यात्रुहरूलाई सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न, आधिकारिक ट्राफिक निर्देशिकाहरूको पालना गर्न र सडक पूर्ण रूपमा सुचारु नभएसम्म सतर्कता अपनाउन अपिल गरेको छ।

About Author

Advertisement