झापा: खोटाङमा लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ टेम्माका डिल्लीसेर राई मृत फेला परेका हुन्।
साबिकको टेम्मा-२ का ५५ वर्षीया राई साबिकको टेम्मा-३ गैरीगाउँमा पितृपूजा गरेर फर्कने क्रममा एक्लेबर भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका हुन्।
नछुङको झारफुक गर्ने काम गर्दैआएका राईको लडेर मृत्यु भएको अनुमान गरिएको प्रहरी चौकी याम्खाले जनाएको छ।
उनी छौवा गर्नका लागि आफन्तसहित गैरीगाउँ गएका थिए। फर्कनेक्रममा सबैभन्दा पछाडि हिँडेका राई बेलामा नआएपछि खोजी गर्दा बाटोभन्दा करिब १२-१५ फिटमुनि मृत फेला परेको स्थानीय निर्मलकुमार राईले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










