खाना खाने विषयमा छोरामाथि खुकुरी प्रहार

IMG-20240821-WA0077

झापा: झापा जिल्लाको मेचीनगर नगरपालिका ३ निवासी पुण्यप्रसाद दाहालले आफ्नै छोरामाथि खुकुरी प्रहार गरेका छन्।
खाना खाने विषयलाई लिएर ५७ वर्षीय दाहालले ३० वर्षीय छोरा डिल्लीराम दाहाल माथि खुकुरी प्रहार गरेका हुन्। बुवाले प्रहार गरेको खुकुरीले डिलीरामको टाउकाको पछाडिको भागमा चोट लागेको छ। छोरामाथि खुकुरी प्रहार गर्ने दाहाललाई अस्थायी प्रहरी पोस्ट भृकुटीले खुकुरीसहित नियन्त्रणमा लिएको छ। घाइते डिल्लीरामको दोकान डाँडास्थित एक मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

About Author

Advertisement