खेलाड़ीहरूलाई रातो बलको क्रिकेटमा पनि ध्यान दिने बाबरको परामर्श

IMG-20260505-WA0045

कराची: पाकिस्तान क्रिकेट टीमका स्टार ब्याटर बाबर आजमले पीएसएल २०२६-को खिताब जितेपछि आफ्नो भविष्यबारे जारी अड़कलहरूमा विराम लगाएका छन्। उनी खेलको तीनैवटा प्रारूपमा खेल्न चाहन्छन्। पत्रकारले के उनी अब कुनै एउटा प्रारूपमा ध्यान दिन चाहनेछन् भन्ने प्रश्न गर्दा बाबरले भने, चिन्ता नगर्नुहोस्। म तीनैवटा प्रारूपमा खेल्नेछु। आइतवार बाबरको कप्तानीमा पेशादप जार्मीले पीएसएल-मा दोस्रोपल्ट खिताब जित्यो। फाइनलमा खाता खोल्न असफल भए पनि बाबरले रहल म्याचहरूमा असाधारण प्रदर्शन गरे। बाबरले भने, कुन प्रारूप छोड़नु पर्छ अनि कुनमा खेल्नु पर्छ भन्ने तय गर्नु खेलाड़ीको काम होइन। खेलाड़ीको काम खेल्नु हो। मेरो विचारमा हरेक खेलाड़ीले क्रिकेटको तीनैवटा प्रारूपमा खेल्नु पर्छ। वनडे र टी२० म्याचहरूमा मात्र ध्यान दिनु हुँदैन। रातो बलको क्रिकेटले तपाईंलाई धेरै अनुभव दिन्छ। यसले तपाईंलाई ईनिंग्सलाई बुन्नु अनि धैर्य धारण गर्नु सिकाउँछ। खेलको लामो प्रारूपले तपाईंलाई ठूलो ईनिंग्स खेल्नु सिकाउँछ। टेस्ट क्रिकेटबाट हासिल भएको धैर्य र मानसिकताले वनडे र टी२० प्रारूपमा फाइदा हुन्छ। आफ्नो करियरमा पहिलोपल्ट पीएसएल ट्रफी जितेपछि बाबरलाई निक्कै खुशी देखियो। उनले भने, ढिलै भए पनि अन्तमा ट्रफी जितियो। कहिले-काहीँ तपाईंले चाहेको कुरा हासिल हुन समय लाग्छ। बाबरले यस पीएसएल सीजनमा ११ वटा म्याचमा ५८८ रन बनाए। उनी यस सीजनमा सर्वाधिक रन बनाउने खेलाड़ी पनि रहे।

About Author

Advertisement