खरिबारी पञ्चायत समितिकी सभापति रत्न रोय सिन्हाद्वारा राजीनामा

Screenshot_20260623_212105_Facebook

खरिबारी: खरिबारी पञ्चायत समितिकी सभापति रत्न रोय सिन्हाले मंगलबार सिलगढीका महकुमा शासक (एसडीओ) समक्ष आफ्नो राजीनामा पत्र बुझाएकी छन्। पञ्चायत समितिभित्र चुलिएको राजनीतिक गतिरोधका बीच उनको यो राजीनामा आएको हो।
​गत ११ जूनका दिन खरिबारी पञ्चायत समितिका छ जना असन्तुष्ट तृणमूल कांग्रेस (टीएमसी) सदस्यहरूले संयुक्त रूपमा सभापति सिन्हाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। उक्त अविश्वासको प्रस्तावमाथि भोलि बुधबार मतदान हुने तय भइसकेको अवस्थामा आज सभापतिले राजीनामा दिएपछि खरिबारी पञ्चायत समितिको आगामी नेतृत्व कसको हातमा पुग्ने हो भन्ने विषयमा नयाँ अनौलता र राजनीतिक कौतुहलता पैदा भएको छ।
​राजीनामा बुझाएपछि पत्रकारहरूसँग कुराकानी गर्दै रत्न रोय सिन्हाले आफ्नै पार्टीका छ जना सदस्यहरूले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएकोमा दुःख व्यक्त गरिन्। राज्यमा नयाँ सरकार गठन भएपछि सदस्यहरूले नयाँ सभापति चाहेकाले नै आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको उनको दाबी थियो। निवर्तमान सभापति सिन्हाले विगत चार वर्षदेखि आफूले सबै सदस्यहरूलाई साथमा लिएर क्षेत्रको विकासका लागि काम गरेको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको सेवामा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन्।

About Author

Advertisement