खराब फर्म र दबाउबाट मुक्त हुन खेलबाट ब्रेक चाहन्छन् एलएसजी-का कप्तान पन्त

IMG-20260427-WA0043

लखनऊ: आईपीएल २०२६-मा लखनऊ सुपर जाइण्ट्स (एलएसजी)-को स्थिति चरम संकटमा रहेको छ। रिषभ पन्तको कप्तानीमा रहने टीमले कलकत्ता नाइट राइडर्स (केकेआर)-विरुद्ध आइतवार खेलिएको म्याचमा सुपर ओभरमा हारको सामना गर्नु पऱ्यो। यस हारपछि एलएसजी ८ वटा म्याचमा केवल २ वटा जीतको साथ अंक तालिकाको फेदमा रहन पुग्यो। म्याचमा केकेआर-ले पहिला ब्याटिंग गर्दै रिंकू सिंहको अविजित ८३ रनको सहायताले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनायो। त्यसपछि एलएसजी-का कप्ताान रिषभ पन्तले ४२ रन बनाए पनि अन्य ब्याटरहरूका निराशाजनक प्रदर्शनले गर्दा टीमलाई म्याचको अन्तिम बलमा जीतको निम्ति ७ रनको आवश्यकता थियो। दबाउको क्षणमा मोहम्मद शमीले अन्तिम बलमा छक्का लगाउँदा म्याच सुपर ओभरसम्म पुग्यो। सुपर ओभरमा चाहिँ केकेआर-ले एलएसजी-लाई कुनै मौका दिएन। सुपर ओभरको पहिलो ३ बलमै एलएसजी-ले २ विकेट गुमाएर केवल १ रन बनाउन सक्यो। केकेआर-ले पहिलो बलमै चौका लगाएर म्याच जित्यो। म्याचपछि एलएसजी-का कप्तान पन्तले टीममाथि दबाउ बढ़िरहेको अनि उनीहरूलाई ब्रेकको आवश्यकता रहेको स्वीकार गरे। उनले भने, मेरो विचारमा हामीलाई निश्चित रूपमा एउटा ब्रेकको आवश्यकता छ। हामीले आफूलाई तरोताजा गर्नु पर्नेछ। यस खेलमा दबाउ सदा रहन्छ अनि म्याचमा स्थिति चुनौतीपूर्ण नै रहन्छ। यसको जवाफ हामीले बाहिर नभएर आफू भित्र नै खोज्नु पर्नेछ। प्रत्येक खेलाड़ीले जिम्मेवारी लिनु पर्नेछ। यो १-२ जना खेलाड़ीको खेल नभएर पूरा टीमको जिम्मेवारी हो।
सुपर ओभरमा निकोलस पूरनलाई ब्याटिंग गर्न पठाउने फसेला सबैभन्दा अधिक विवादित रह्यो। खराब फर्ममा रहे पनि उनलाई सुनिल नारेनविरुद्ध खेल्न पठाइयो अनि उनी पहिलो बलमै आउट भए। यसबारे पन्तले भने, हामीले टीमको रूपमा चर्चा गऱ्यौं अनि निकी (पूरन)-को नाम अघि आयो। उनी अहिले आफ्नो सर्वश्रेष्ठ फर्ममा छैनन् तर यस्तो मुश्किल समयमा तपाईंले आफ्नो खेलाड़ीमाथि भरोसा गर्नु पर्छ। यो कुनै बहाना होइन अनि हामी केवल सकारात्मक चीजहरू हेर्ने कोशिश गरिरहेका छौं। उल्लेखनीय छ, म्याचको अवधि केकेआर-को ईनिंग्समा पन्तले अन्तिम ओभरमा बलिंग गर्ने जिम्मेवारी दिग्वेश राठीलाई दिएका थिए। त्यस समय क्रीजमा रहने रिंकू सिंहले लगातार ४ वटा छक्का लगाएर म्याचको रंग बदलिएका थिए। पन्तको यस फसेलाको पनि धेरैले आलोचना गरेका छन्। यसबारे एलएसजी-का कप्तानले भने, कहिले-काहीँ बलरहरूले मुश्किल ओभर गर्नु पर्छ। त्यस समय हामीलाई विकेटको खोज थियो तर हामीलाई सफलता हासिल भएन। यही सोच थियो।

About Author

Advertisement