कमनवेल्थ र एशियन गेम्स अघि तयारी शुरु गर्न नपाउँदा बक्सरहरू निराश

IMG-20260427-WA0044

नयाँ दिल्ली: कमनवेल्थ र एशियन गेम्सको निम्ति भारतीय बक्सिंग टीमको चयनको असेसमेण्ट (आकलन) प्रक्रिया ११-देखि १५ मईबीच एनआईएस पटियालामा हुनु छ तर पुरुष र महिला बक्सरहरूका राष्ट्रिय क्याम्प चाहिँ अहिलेसम्म शुरु भएको छैन। यो महत्त्वपूर्ण क्याम्प २५ अप्रेलदेखि एनआईएस पटियालामा शुरु हुनु थियो तर यसको निम्ति अहिलेसम्म साई (भारतीय खेल प्राधिकरण)-बाट मञ्जुरी प्राप्त भएको छैन। क्याम्प शुरु नहुँदा बक्सरहरू क्षुब्ध छन्। २ पल्टकी वर्ल्ड च्याम्पियन अनि ग्लास्गोमा ५१ किग्रा वर्गमा आफ्नो कमनवेल्थ स्वर्ण पदक रक्षा गर्न तयार निकहत जरीनले क्याम्प शुरु नहुँदा उनलाई ठूलो नोक्सान भएको बताएकी छन्। उनी अहिले आफ्नो गृहनगर हैदराबादमा छिन् अनि त्यहाँ कुनै ट्रेनिंग सेण्टर रहेको छैन। यसैकारण उनी अभ्यास बिना समय बिताइरहेकी छन्। हांगझोउ एशियन गेम्समा पदक जितिसकेकी निकहतले भनिन्, क्याम्प शुरु भएको भए म आफ्नो फिटनेसमाथि काम शुरु गर्न सक्ने थिएँ। यसको साथमा कमनवेल्थ र एशियन गेम्सको निम्ति टीममा चयन हुने प्रक्रिया पनि शुरु गर्ने थिएँ। क्याम्प ढिलो गरी शुरु भए बक्सरहरूलाई ठूलो नोक्सान हुनेछ। निकहतले अझ भनिन्, ११ अप्रेलमा समाप्त भएको एशियाई च्याम्पियनशीपपछि सबै बक्सरहरूलाई १२ दिनको आराम प्राप्त भएको थियो। त्यसपछि २५ अप्रेलमा सबैलाई असेसमेण्टको तयारीहरू गर्नु थियो। भारतीय बक्सिंग महासंघ (बीएफआई)-ले असेसमेण्टको माध्यमले नै दुवै खेलहरूको निम्ति टीमको चयन गर्छ। यसमा फिटनेस टेस्ट हुनेछ अनि सबै बक्सरहरूका बाउट हेरिनेछ। सम्पूर्ण आकलनपछि टीमको चयन हुन्छ। म २४ अप्रेलसम्म पटियाला पुग्ने सोचिरहेकी थिएँ तर यस्तो हुन सकेन। क्याम्पमा अभ्यास गर्ने पार्टनर पनि रहन्छन्। त्यसले फाइदा हुन्छ। कमनवेल्थ गेम्समा ७ जना पुरुष र ७ जना महिला बक्सरले हिस्सा लिनेछन्। यसरी एशियन गेम्समा ६ जना पुरुष र ५ जना महिला बक्सरले हिस्सा लिनेछन्। असेसमेण्टमा दोस्रो स्थानमा रहने बक्सरहरूलाई १५ जूनदेखि चीनमा शुरु हुने वर्ल्ड कपमा पठाइनेछ। बीएफआई-ले साई-लाई क्याम्पको प्रस्ताव दिएको छ। एशियन च्याम्पियनशीपमा फाइनलमा पुगेको आधारमा सचिन (६० किग्रा), प्रीति (५४ किग्रा) र प्रिया (६० किग्रा) दुवै खेलको टीममा छन् जबकि जेस्मिन लम्बोरिया (५७ किग्रा) र अरुन्धति (७० किग्रा)-लाई कमनवेल्थ गेम्सको निम्ति चयन गरिएको छ। रहल भार वर्गहरूमा असेसमेण्टको आधारमा टीम चयन गरिनेछ।

About Author

Advertisement