खरसाङ: खरसाङ फुटबल एसोसिएसनद्वारा स्थानीय गोथल्स स्कूलको खेल मैदानमा आयोजना भईरहेको खरसाङ सुपर लिग २०२६ को तेस्रो संस्करणको चौथो दिन बी डिभिजनको दुईवटा खेल सम्पन्न भएको छ। पहिलो खेल अलि बक्स एफसी अनि एसएस तीनधारेमाझ खेलिएको छ। यस खेल ३-३ गोलमा समाप्त भएपछि दुवै दलले १-१ अंक हासिल गरे। यस खेलमा एसएस तीनधारेका सृजन गुरुङले २, मध्यान सुब्बाले १ गोल गरेका थिए। यस खेलको उत्कृष्ट खेलाडीको सर्टिफिकेट सृजन गुरुङलाई हिमाली स्कूलका शिक्षक पुरोषोत्तम थापाद्वारा प्रदान गरियो। दोस्रो खेलमा यङ्ग गोर्खा एफसीले ३ को विरुद्ध ६ गोल गरेर युनाइटेड डुमाराम एफसीलाई पराजित गरी ३ अंक हासिल गरेको छ।
वाईजीएफसीका अभिषेक शर्माले २, प्रज्जवल राई, अङ्कित प्रधान, सामेल थापा अनि एरोन थापाले एक एक गोल गरेका थिए। यस खेलको उत्कृष्ट खेलाडीको सर्टिफिकेट वाईजीएफसीका वाङचुक तामाङलाई तेजेन्द्र साहीद्वारा प्रदान गरियो।

युडीएफसीका आयुष राई, बिजय राई अनि शोयर राईले एक एक गोल गरेका थिए। यस खेल हिल रेफेरीस एसोसिएसनद्वारा गरियो जसमा मुख्य रेफरीहरु नितेश देवान थिए भने सहायक रेफेरीहरु रेबिका प्रधान अनि केवन राई थिए। त्यसरी नै फोर्थ अफिसियलमा सन्जय थापा अनि अर्बिन्द छेत्री रहेका थिए।










