खरसाङ: खरसाङ महकुमा खेलकूद संघका एक प्रतिनिधि टोलीले आफ्नो पूर्व निर्धारित कार्यक्रम अनुरुप आफ्ना पूर्व संघका अध्यक्ष एंव वर्तमान सिलगढी कर्पोरेशन लिमिटेडका कमिश्नर एव सिलगढी जलपाईगुडी डेभलभमेन्ट अथोरिटीका चिफ एक्जुक्युटिभ _वृन्दावासी तेजा दीपक, आईएएससित उनकै सरकारी आवासमा गई भेट गरी उनलाई पदोन्नति भएकोमा बधाई दिएका छन्। यस प्रतिनिधि टोलीको नेतृत्व संघका सचिव निर्मल गुरुङले गरेका थिए भने उनको साथमा संघका कार्यकारी अध्यक्ष मोहन योञ्जन लगायत खेलकूद संघका तक्निकी एव कार्यकारी सदस्यहरु राजेन लामा, आर पी सार्की, फुर्बा तामाङ, एस बी सुनवार, राजेन मुखिया, विजय राई, मोहन मोक्तान, रमोद गुरुङको उपस्थिति रहेको थियो भने साथमा संघका कानुनी सल्लाहकार रमेश अग्रवाल पनि उपस्थित थिए। संघकाे तर्फबाट उनलाई सबै सदस्यहरुले खादा लगाएर बधाई दिए भने सचिव निर्मल गुरुङले फूल गुच्छा दिई तिनको उत्तर उत्तर सफलताको कामना गरे। यस अवधि सचिव गुरुङले खेलकूद संघको तर्फबाट तिनले एक प्रमुख संरक्षकको अनि साथै एक सल्लाहकार को रूपमा बसिदिने अनुरोध पनि _वृन्दावासी तेजा दीपक, आई ए एस समक्ष राखे भने उनले पनि संघको यस प्रस्तावलाई सहर्ष स्वीकार गर्दै यस्तो एक प्रतिष्ठित संस्थासित यसरी जुडिन पाउँदा आफूलाई नै गर्व लागेको हामी बताए। _वृन्दावासी तेजा दीपक, आई ए एस ले आफू खरसाङमा रहँदा खरसाङ महकुमा खेलकूद संघले आर्थिक संकटहरु सहेर पनि वर्षैभरि विभिन्न खेलकुद प्रतिस्पर्धाहरु आयोजना गरेको साक्षी रहेकोले, आज यसरी यस संघद्वारा एउटा जिम्मेवारि सुम्पेकोमा हर्षको साथ गर्व अनुभव गरीरहेको उनले बताए ।

यसको साथै नमस्ते खरसाङ च्यानलका प्रतिनिधि टोली जसमा समाचार प्रमुख सबिना गिरी, दिव्यत्तम अधिकारी, सिलभेस्तर लेप्चा, भोला राउत, अर्पण गुरुङ रहेका थिए उनीहरूको तर्फबाट पनि वृन्दावासी तेजा दीपक, आई ए एस लाई खादा माला लगाई फूल गुच्छा दिई बधाई टक्राए। अन्तमा संघका वायु वृद्ध कार्यकारी अध्यक्ष मोहन योञ्जन ले तिनलाई आशिर्वाद दिँदै तिनको उत्तोत्तर सफलताको कामना सहित स्वास्थ्य शरीरको आशिर्वाद पनि दिए। ज्ञात रहोस् वर्तमान सिलगढी कर्पोरेशन लिमिटेड का कमिश्नर एव सिलगढी जलपाईगुडी डेभलभमेन्ट अथिरेठीका चिफ एक्जुक्युटिभ _वृन्दावासी तेजा दीपक, आई ए एस यस भन्दा अघि खरसाङ महकुमा शासकको रूपमा खरसाङमा थिए भने पछि तिनको पदोन्नति भई उत्तर दिनाजपुर अतिरिक्त जिल्लापाल को रूपमा स्थान्तरण भएका थिए।





