खरसाङ: खरसाङ महकुमा खेलकूद संघका एक प्रतिनिधि टोलीले भर्खरै कालेबुङबाट सरुवा भई खरसाङ आएका महकुमा शासक पेमा शेर्पासित भेट गरी खरसाङमा उनलाई स्वागत गरेका छन्। प्रतिनिधि टोलीको नेतृत्व सङ्घका सचिव निर्मल गुरुङले गरेका थिए भने कार्यकारी अध्यक्ष मोहन योञ्जन, उपाध्यक्ष फुर्बा घिसिङ, कोषाध्यक्ष राजेन लामा,कार्यकारिणी सदस्यगण दुर्गा थापा अनि दिव्यत्तम अधिकारी उपस्थित रहेका थिए। सचिव निर्मल गुरुङले महकुमा शासक एव संघका अध्यक्ष पेमा शेर्पालाई संघको खेलकूद आयोजनाहरुबारे विस्तृत जानकारी दिँदै अहिले घरि संघले मैदानको कमी अनि असुविधालाई लिएर जानकारी दिए भने महकुमा शासकले पनि उनीहरूको कुरोलाई ध्यानपूर्वक सुनेर आफू पनि एउटा खेलाडी अनि खेलप्रेमी रहेकोले खरसाङमा मैदान विषय संघसित एक दुई दिनपछि विस्तृत जानकारी लिने अनि यस विषय सक्दो पहल गर्ने तीन आश्वासन पनि दिएका छन्। यस्तै प्रकारले उपाध्यक्ष फुर्बा घिसिङले उनलाई आगामी 3 अक्टोबरमा सम्पन्न भईरहेको अन्तर कार्यालय फ्रेन्डशिप कप फुटबल प्रतियोगिताको फाइनल खेलको निम्ति निमन्त्रणा कार्ड पनि दिए। यस अवधि महकुमा शासक पेमा शेर्पाले संघका वयोवृद्ध कार्यकारी अध्यक्ष मोहन योञ्जनलाई उनको तर्फबाट खादा लगाई उनीबाट आशीर्वाद पनि लिए अनि खरसाङमा एउटा सुशासन गर्न सक्षम बन्न सकौं भनी आशीर्वाद लिए। यस विषय जानकारी दिँदै संघका उपाध्यक्ष फुर्बा घिसिङले नयाँ महकुमा शासक एव खरसाङ महकुमा खेलकूद संघका अध्यक्ष एकदमै मिलनसार रहेको साथै मृदुभाषी रहेको बताउँदै उनको मार्गदर्शनमा संघले धेरै महत्त्वपूर्ण खेलकूद प्रतीयोगीताहरुको आयोजना गरी युवाहरुलाई खेलकूद प्रति आकर्षित गर्न सक्ने आशा संघले राखेको बताए।





