खरसाङ: खरसाङ महकुमा खेलकूद संघको समीक्षात्मक सभा संघका अध्यक्ष मोहन योञ्जनको अध्यक्षतामा सम्पन्न भयो। सभाको सञ्चालन सचिव निर्मल गुरुङले गरेका थिए। सभामा गत ८०औं स्वतन्त्रता दिवस म्याराथन दौड अनि खुल्ला फूटबल प्रतियोगिता विषय समीक्षा गरियो। सभामा सचिव गुरुङले यी दुवै प्रतियोगिताहरु सफल गराउने सबै सबै प्रति आभार व्यक्त गरे भने म्याराथन दौडलाई थप आकर्षित बनाउन सुझाव सल्लाह दिने खरसाङ बिजुली विभागका डिभिजनल इन्जिनियर सन्दीप तामाङलाई खादा लगाएर धन्यबाद पनि दिइयो। समीक्षापछि सचिव निर्मल गुरुङले आगामी सेप्टेम्बर महिनामा हुने तीन स्तरीय फुटबल प्रतियोगिताहरु क्रमैले अण्डर १४ बोयज, खुल्ला महिला अनि अन्तर कार्यालय लीग फुटबलको आयोजना बारे जानकारी राखे भने सेप्टेम्बर महिनाको १३ तारीख संघका दिवङ्गत सदस्यहरूको आत्मा शान्तीको निम्ति एउटा सर्व धर्म शोक सभा गर्ने पनि सर्व सम्मतिद्वारा तय गरियो। आजको सभा बारे संघका उपाध्यक्ष फुर्बा घिसिङले विस्तृत जानकारी दिएका छन्।









