खरसाङ: खरसाङ बजारमा गत ४ अक्टोबरको राति भएको आगलागीबाट प्रभावित तीन परिवारहरुलाई गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) खरसाङ ब्राञ्च कमिटीले आर्थिक सहयोग प्रदान गरेको छ। ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको नेतृत्वमा गोरामुमोको टोलीले अग्निकाण्डबाट प्रभावित परिवारहरूसँग भेटघाट गरी उनीहरूको अवस्थाबारे जानकारी लिँदै आर्थिक सहयोग हस्तान्तरण गरेको हो। स्मरण रहोस्, उक्त आगलागीमा तीनवटा घर क्षतिग्रस्त भएका थिए। घटनापछि गोरामुमो खरसाङ ब्राञ्च कमिटीले आगलागीको घटनाबारे छानबीन गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्दै विद्युत् प्राधिकरणसमक्ष ज्ञापन पत्रसमेत बुझाएको थियो। पीढीत परिवारलाई आर्थिक सहयोग प्रदान गर्नुका साथै घटनाको छानबीन र क्षतिपूर्तिको मागलाई समेत निरन्तरता दिँदै गोरामुमो खरसाङ ब्राञ्च कमिटीले पीढीतहरूको पक्षमा आफ्नो पहल अघि बढाएको छ।





