खरसाङमा स्वतन्त्रता सेनानी, गाँधीवादी कार्यकर्ता तथा समाज सुधारक सावित्री देवी उर्फ हेलेन लेप्चाको सालिग अनावरण

IMG-20260315-WA0068

खरसाङ: खरसाङमा स्वतन्त्रता सेनानी, गाँधीवादी कार्यकर्ता तथा समाज सुधारक सावित्री देवी उर्फ हेलेन लेप्चाको सालिग आईतवार अनावरण गरिएको छ। खरसाङको शेर्पा बस्तीस्थित सावित्री देवी पथ परिसरमा स्वतन्त्रता सेनानी सावित्री देवी उर्फ हेलेन लेप्चाको सालिग भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको बाहुलीबाट अनावरण गरिएको छ। उक्त सालिग दार्जिलिङका सांसद राजु विष्टको सहयोगमा निर्माण गरिएको छ भने यस सालिगलाई मूर्तिकार कृपेन्द्र गुरुङले बनाएका छन्। उक्त सालिग निर्माणको लागि खरसाङ शेर्पा बुध्दिष्ट एसोसिएसन र सालिग निर्माण समिति खरसाङको पहलमा स्ञापना गरिएको छ। उक्त सालिगको अनावरण भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा लगायत जिल्ला महासचिव सोनाम लामा, सचिव बिनय प्रसाद, वरिष्ठ अधिवक्ता रमेश अग्रवाल लगायत अन्यहरु उपस्थित रहेका थिए। पूजा अर्चनासहित उक्त सालिगको अनावरण भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको बाहुलीबाट गरिएको छ। उक्त सालिग अनावरण विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले सांसद राजु विष्टको सहयोगमा स्वतन्त्रता सेनानी सावित्री देवी उर्फ हेलेन लेप्चाको सालिग अनावरण गरिएको र यस सालिकको लागि खरसाङ शेर्पा बुध्दिष्ट एसोसिएसनको पहलमा स्थापना गरिएको बताएका छन्‌। उनले गाँधीजीको खादी स्वदेशी आन्दोलनबाट प्रेरित साथै गाँधीजीबाट हेलेन लेप्चालाई सावित्री देवी नाम दिइएको बताए।

उनले सावित्री देवीले देश स्वतन्त्रको लागि, देश निर्माणको लागि र समाज निर्माणको‌ लागि बहुमूल्य योगदान दिएको र समाजमा नारीहरुको लागि प्रेरणाको रूपमा रहेको पनि बताएका छन्‌। पत्रकारहरुलाई सम्बोधन गर्दै सालिग निर्माण समितिको सचिव नर्बु लामाले सालिगको लागि सांसद राजु विष्टलाई धन्यवाद दिएका छन्।

About Author

Advertisement