खरसाङ: खरसाङको अम्बटे निवासी वरिष्ठ साहित्यकार सुदर्शन अम्बटेद्वारा लिखित ११औँ कृति टापन-टिपनको लोकार्पण गरिएको छ। उक्त कृतिको लोकार्पण कार्यक्रम कदमतलास्थित कदमतला सहायक समिति भवनमा कदमतला मनिटरिंग संगठनको तत्वधानमा सम्पन्न भएको छ। नरेशचन्द खातीको अध्यक्षतामा सम्पन्न लोकार्पण समारोहका प्रमुख अतिथि प्रेम गुरूङ थिए भने विशिष्ट अतिथिहरू बि बि ठकुरी, मेनुका प्रधान, टिकाराम थापा,राम शर्मा रहेका थिए। बिभिन्न क्षेत्रका साहित्य अनुरागीहरूको उपस्थिति रहेको यस समारोहलाई प्रतिमा प्रधानले सञ्चालन गरेका थिए। कदमतालाका वरिष्ट समासेवी विष्णुप्रसाद प्रधानद्वारा आफ्नो स्वर्गिय पत्नी विष्णुमाया प्रधानलाई समर्पित यस पुस्तक रामलाल प्रकाशनद्वारा प्रकाशित पहिलो पुस्तक रहेको छ। कार्यक्रमको थालनी स्व विष्णुमाया प्रधानको तश्विरमा दिप प्रज्वलन पश्च्यात भएको थियो भने स्वागत मन्तव्य सविना प्रधान (गिरी)ले राखेका थिए। नानी स्नेहा गुरुङद्वारा स्वागत नृत्य प्रस्तुति पश्च्यात अनुप रामुदामुले आफ्नो कविता पाठ गरेका थिए। यसैगरि कार्यक्रमका सभाशिरोणी, प्रमुख अतिथि लगायत विशिष्ट अतिथिहरूको बाहुलीबाट बाल साहित्य एकादमी अलंकृत सुर्दशन अम्बटेको ११औँ कृति टापन- टिपन लोकार्पण गरिएको थियो। समारोहलाई विशिष्ट अतिथि कृष्ण प्रधान,प्रकाश राई आदिले सम्बोधन राखेका थिए भने टिकाराम थापा अनि टिकाराम छेत्रीले कविता पाठ गरेका थिए। देविका खवासद्वारा धन्यवाद ज्ञापन गरिएको थियो।








