खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर ६ मा भागोप्रमोको बुथ कमिटि गठानार्थ एक सभा सम्पन्न भयो। सभाको अध्यक्षता रतन थापा(भूतपूर्व सैनिक)ले गरेका थिए अनि टाउन कमिटि उपाध्यक्ष संजय मुखियाले सभालाई सचालन गरेका थिए।सभालाई टाउन कमिटि अध्यक्ष राजु शर्मा, नगरपालिका क्षेत्र चुनाव प्रभारी सबिता कार्की, युवा शक्ति सभापति बन्दन लामा, केन्द्रिय समिति सदस्य तथा टाउन कोर्डिनेटर समीरदीप ब्लोन र वार्ड सभापति कृष्ण शर्मा आदिले सम्बोधन गरेका थिए। सभाको शुरुमा भर्खरै मात्र देहान्त भएका स्वर्गीय मोहन राईको आत्मा शान्तिको निम्ति दुई मिनटको मौन धारण गरियो। सभामा विशेष रूपले टाउन कमिटि मूल सचिव बिरबल पाखरीन, सह-सचिव रमोद गुरूङ, २८ नम्बर समष्टि नारी शक्ति सभापति सुष्मा मुखिया,टाउन कमिटि नारी शक्ति उप सभापति सबिता मुखिया, सह-सचिवाद्वय निर्मला बराईली र डिम्पल लामा,उप सभापति नितु गुरुङ लगायत अन्यहरु उपस्थित थिए। यसै सभामा वार्ड नम्बर ६ को निम्ति ५९ जना को बुथ स्तरीय चुनाव कमिटी गठन गरियो। दोस्रो चरणको सभा वार्ड नम्बर १७ मा लोकनाथ निरौलाको अध्यक्षता अनि वार्ड सचिव आनन्द गुरूङको संचालनमा सम्पन्न भयो। सभाको शुरूमा टाउन कमिटिका मूल सचिव बिरबल पाखरीनले सभा बिषयमा उपस्थित जनता समक्ष बिस्तृत रूपमा जानकारी गराए। उनले सम्बोधनमा भने, संसारको सबैभन्दा सजिलो कार्य नै अरूले गरेको कार्यलाई दोष्याउनु र औल्याउनु हो अनि यही कार्य विपक्षीले गरिरहेको छ। खरसाङ नगरपालिका क्षेत्र चुनाव प्रभारी सबिता कार्कीले आफ्नो सम्बोधनमा भनिन् एसआईआरको हियरिङको समयमा अध्यक्षको दिशा निर्देश अनुसार महकुमा कार्यलयमा हेल्प डेक्स राखेर जनताको सेवा टाउन कमिटिद्वारा गरिएको हो।अब हामी लट्टिने होइन, भावनामा बग्ने होइन तर विवेकशील भएर यसपालीको चुनावमा भागोप्रमोको उम्मेद्वारलाई भोट हाल्ने अपील गरिनम। टाउन युवा शक्ति सभापति बन्दन लामा अनुसार महाकाल बाबाको कसम खाएर हाम्रो भावनासंग खेलवाड गर्ने भाजपाको सांसदलाई जवाब दिनु भागोप्रमोको विधानसभा उम्मेद्वारलाई भोट दिने अपील गरे। युवा शक्ति सभापति तथा २९ नम्बर समष्टि सभापति प्रेमेन्द्र गुरूङ अनुसार अध्यक्ष अनित थापा खरसाङवासी भएकोमा हाम्रो गौरव रहेको बताए। पहाड़मा शान्ति बहाली र गणतन्त्र फर्काई ल्याउने अनित थापा रहेको ठोकुवा गरे।अध्यक्षले सबैको भलो गरिरहेको छ। अध्यक्ष अनित थापाले सर्वसाधारणको निम्ति वृहत रूपमा कार्य गरिरहेको बताए। समाज र राजनीतिक पार्टी एक अर्काको परिपुरख हो।समाजले पनि राजनैतिक पार्टीलाई सहयोग गरे सुनमा सुगन्ध हुने छ। प्रत्येक समाजले यसपालीको चुनावमा हाम्रो खरसाङ राम्रो खरसाङ बनाउने उद्देश्य लिएर चुनावमा भागोप्रमोको उम्मेद्वारलाई भोट हाली दिने अपील गरे। भागोप्रमो केन्द्रिय समिति सदस्य तथा महकुमा चुनाव प्रभारी समिर दिप ब्लोन ले सम्बोधन गर्दै भने, पानी निरीक्षण कमिटि बनाउनु अति जरूरी छ कारण यो अमृत २.० पानीको परियोजना सम्पूर्ण खरसाङ बासीको निम्ति आउदो 40 वर्ष सम्मलाई सोचेंर ल्याएको हो। प्रत्येक घरमा पिउने पानीको सुविधा उपलब्ध होस साथै कोही पनि घर पिउने पानी देखि बन्चित
नहोस भनेर यो कमिटि बनाउने दिशा निर्दैश दिएको हो।

अन्तमा वार्ड नम्बर १७ को बुथ नम्बर २०६ र २०७ को निम्ति ५०/५० जना गरेर बुथ कमिटि गठन गरियो साथै पानी निरीक्षण कमिटि गठन गरियो। भागोप्रमो वार्ड नम्बर १७ को निम्ति नयाँ सभापतिको रुपमा करूण प्रधानलाई चयन गरिएको छ।









