खरसाङ: खरसाङको रोहिणी रोडको जिरोदेखि शिमलबारीसम्मको स्थानहरुलाई लिएर रोहिणी रोड ठेकेदार संगठन गठन गरिएको छ। यसको लागि खरसाङको लोवर सिरुबारीस्थित सार्वजनिक भवनमा यस क्षेत्रका ठेकेदारहरुलाई लिएर सभा सम्पन्न भएको छ। उक्त सभा शरण देवानको अध्यक्षतामा सम्पन्न भएको छ भने सभालाई विवेक मोक्तानले सञ्चालन गरेका थिए। यसै सभामा रोहिणी रोडको जिरोदेखि शिमलबारी क्षेत्रलाई ठेकेदार संगठन गठन गरिएको छ। यसै सभामा रोहिणी रोड ठेकेदार संगठन गठन गरिएको छ। यस संगठनमा टेण्डर चेयरम्यान विवेक मोक्तान, सभापति साजन तामाङ, उप सभापति प्रदीप लामा, अञ्जन भुजेल, युवराज लामा, सचिव प्रेम गुप्ता, सह सचिव बिमल ठटाल, रोहित गुरुङ, कोषाध्यक्ष महेन्द्र छेत्री, प्रमोद छेत्री, सह कोषाध्यक्ष निलम छेत्री आदि चयन भएका छन्। सभामा यस ठेकेदार संगठनलाई विस्तार गरेर लगिने साथै यसको कार्यहरु मिलेर गरिने भन्ने विषयमा सल्लाह सुझावहरु पनि राखिएको नव चयनित सभापति साजन तामाङले जानकारी गराएका छन्।










