खरसाङमा‌ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको विचारको परिवर्तन यात्रा अन्तर्गत विराट रैलीको साथमा चुनावी पथसभा

IMG-20260421-WA0069

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले खरसाङमा विचारको परिवर्तन यात्रा नाम दिएर चुनाव प्रचार प्रसारको दिन विराट रैलीको आयोजना गरेको छ। उक्त रैली खरसाङको मोटर स्ट्याण्डबाट शुरु भएर हिल कार्ट रोड हुँदै खरसाङ महकुमा अस्पताल मोड हुँदै वर्ध्दमान रोड भएर पुनः मोटर स्ट्याण्डसम्म आयोजना गरिएको थियोे। उक्त रैलीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा, खरसाङ विधानसभा समष्टिको उम्मेद्वार अमर लामा, जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, सभादहरु, जनप्रतिनिधिहरु, पार्टी कार्यकर्ताहरु उपस्थित रहेका थिए‌। उक्त रैली खरसाङको मोटर स्ट्याण्डमा आएर चुनावी पथसभामा परिणत भएको छ।‌ उक्त चुनावी पथ सभालाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सचिव एवं सभासद प्रणाम रसाइलीले सञ्चालन गरेका थिए।

सभालाई सुष्मा राई, भागोप्रमोको उम्मेद्वार अमर लामा र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले सम्बोधन गरेका थिए। उल्लेखनीय छ, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पहाडको मिरिकबाट विचारको परिवर्तन यात्रा शुरु गरेका थिए। यस क्रममा सोमवार दार्जिलिङमा, मंगलबार खरसाङ र कालेबुङमा विचारको परिवर्तन यात्रा नाम गरेर रैलीको आयोजना गरेका थिए।

About Author

Advertisement