खरसाङमा भागोप्रमोको भातृ संगठन नारी शक्तिको चौथो स्थापना दिवस समारोह सम्पन्न

IMG-20240924-WA0313

हामी नारीलाई राजनैतिक अनि सामाजिक पहिचान भागोप्रमो पार्टीले दिलाएको छ – अनु छेत्री प्रधान

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन नारी शक्तिको चौथो स्थापना दिवस खरसाङमा सम्पन्न भएको छ। खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा सम्पन्न उक्त चौथो स्थापना दिवस समारोहको अध्यक्षता भारतीय गोर्खा नारी शक्तिको केन्द्रीय अध्यक्षा अनु छेत्री प्रधानले गरेका थिए भने प्रमुख अतिथिको रुपमा जीटीएको मुख्य कार्यपाल अनित थापा उपस्थित रहेका थिए। मैया ठकुरी, सबिना गिरी र अनुसा लामाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण नारी शक्तिको केन्द्रीय समितिको कार्यालय सचिव पासाङ अग्रवालले राखेका थिए। सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूका बाहुलीबाट धुप दीप प्रज्वलन गरी थालिएको कार्यक्रममा डे लाइट डान्स एकाडेमी गाड़ीधुराका नानीहरूले गणेश बन्दना नृत्य गरेर थालिएको कार्यक्रममा नारी शक्तिको चौथो स्थापना दिवसको अवसरमा केक काटेर हर्षोल्लासको साथमा पालन गरिएको छ। कार्यक्रममा सभासद नोबल बम्जनकी सुपुत्रीको निधनमा श्रध्दाञ्जली अर्पण गर्दै मौन धारण गरिएको थियो। कार्यक्रममा नारी शक्ति खरसाङको टिमद्वारा उदबोधन गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा नारी शक्तिको सांगठनिक गतिविधिको प्रतिवेदन नारी शक्तिको केन्द्रीय महासचिव प्रतिभा कुमाईले राखेकी थिइन्। त्यसरी नै वर्तमान राजनीतिमा नारीहरूको भूमिका विषयमा नारी शक्तिको केन्द्रीय पदाधिकारी सुष्मा राईले प्रस्तुत गरेका थिए। वार्तामा उनले भनिन्, “नारी शक्तिका सदस्यहरू बीजीपिएम रूपी मालाका अमूल्य मोतिका दानाहरु हुन्। हामीले थप्पडी मार्नु पनि सशक्त हुनुपर्छ।”

यसै कार्यक्रममा जीटीएको प्रमुख कार्यपाल एवं भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापालाई नारी शक्तिको तर्फबाट सम्बर्ध्दना पनि जनाइएको छ। कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रचलित गीत ‘हाम्रो अनित तिम्रो अनित’ पनि यसको गायकद्वयद्वारा प्रस्तुत गरिएको थियो भने गायिका सुरक्षा सेञ्चुरीद्वारा पनि गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा नारी शक्तिको केन्द्रीय, महकुमा, खण्ड स्तरीय। समष्टी र बुथ स्तरीय कमिटीको पदाधिकारीहरू दार्जिलिङ, कालेबुङ, मिरिक, खरसाङ क्षेत्रबाट उपस्थित रहेका थिए। टाउन हलकाे तीन वटा तलाको हलमा एलईडी स्क्रीन मार्फत उपस्थित हुनेहरूले कार्यक्रमको आनन्द उपभोग गरेका थिए। कार्यक्रमको अध्यक्षकाे सम्बोधनमा नारी शक्तिका केन्द्रीय अध्यक्ष अनु क्षेत्री प्रधानले तीन कुरामा ध्यान केन्द्र गर्दै भने, “हामीलाई हाम्रो पहिचान अथवा चिन्हारी बीजीपिएम पार्टीको झण्डाले दिएको छ। दोस्रो, हामीले पहिचान पाएका छौ अब पार्टी प्रति आफ्नो उत्तरदायित्व पनि निभाउनु पर्छ। तेस्रो, चुल्होमा मात्र होइन व्यवस्थापन चलाउन पनि हामी सक्षम छौ भन्ने गर्व गर्ने दिन हो। यो गर्व गर्ने मौका हामीलाई बीजीपिएम पार्टीले दिएको छ।”
खरसाङका रुपेश रसाइली समूहका गायकहरू जसले ‘मेरो अनित’ भन्ने राजनैतिक गीतलाई पहाडको कुना कन्दरामा पुर्याउने गायकद्वय अभिनय रसाइली, सुशान्त मोक्तानले मेरो अनित गीत गाएर सबैलाई नचाए। मिरिकका गायिका सुरक्षा सिन्चुरी अनि सूचना अनि सांस्कृतिक विभागका कलाकारहरुले गीत प्रस्तुत गरेका थिए। दार्जीलिङका कलाकारहरुले मानव तस्करी विषय एकाङ्‌की नाटक मञ्चन गरेका थिए। त्यसरी नै नारी शक्तिका विभिन्न कलाकारहरुले गीत साथै नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा पार्टीका महासचिव अमर लामा, कालेबुङका विधायक अनि पार्टी उपाध्यक्ष रूदेन सादा लेप्चा, सल्लाहकार गोपाल लामाको विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement