नयाँ दिल्ली: ओलम्पिक पदक विजेता पहलवान योगेश्वर दत्तले विनेश फोगाटको आलोचना गरेका छन्। उनले पेरिस ओलम्पिकमा अयोग्य घोषित गरिएर बाहिर गरिएको जिम्मेवारी विनेशले नलिएर आफ्नो अयोग्यताको निम्ति अन्य मानिसहरूलाई दोषी ठहऱ्याएको आरोप लगाएका छन्। लण्डन ओलम्पिकमा काँस्य पदक जित्ने योगेश्वरले बताएअनुसार, उनलाई अयोग्य घोषित गरिएको भए उनी पूरा देशसँग माफी माग्ने थिए तर विनेशले यस्तो गरिनन्। यसलाई उनले निराशाजनक कुरा बताए। योगेश्वरले एउटा साक्षात्कारमा विनेशले आफ्नो ओलम्पिक अयोग्यतापछि षढ़यन्त्रको कुराहरू फैलाउँदा उनलाई आश्चर्य लागेको बताए। योगेश्वरले भने, विनेशलाई ओलम्पिक खेलहरूबाट अयोग्य घोषित गरिएको थियो। त्यसपछि उनले आफ्नो गल्तीको निम्ति देशसँग माफी माग्नु पर्ने थियो। यस्तो गर्नुको सट्टा उनले उल्टा षढ़यन्त्रको कुरा फैलाउन थाले। यहाँँसम्म कि उनले देशका प्रधानमन्त्रीलाई पनि दोषी ठहऱ्याइन्। अयोग्यता सही फसेला थियो भन्ने सबैलाई थाहा छ। ओलम्पिकमा एक ग्राम अधिक हुँदा पनि एथलीटहरूलाई अयोग्य घोषित गरिन्छ।
विनेशले भारतीय ओलम्पिक संघ (आईओए) र संघकी अध्यक्ष पीटी उषाविरुद्ध गम्भीर आरोप लगाएको केही दिनपछि योगेश्वरले यस्तो बयान दिएका छन्। फोगाटले संयुक्त रजत पदकको निम्ति खेल पञ्चाट (सीएएस)-मा अपीलको अवधि पर्याप्त कानूनी समर्थन नदिइएकोमा आईओए-को आलोचना गरेकी थिइन्। विनेश र भारतीय वकीलहरूका अथक प्रयासपछि पनि सीएएस-ले उनको अपीललाई खारेज गरेको थियो। विनेशले भारत सरकार र आईओए-ले सीएएस-मा मामिला दर्ता भएपछि उनको समर्थनमा अधिक सक्रिय भूमिका निभाउनु पर्ने थियो भनेकी थिइन्। योगेश्वरले विनेशमाथि बृजभूषण शरण सिंहसहित भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-का पूर्व अधिकारीहरूविरुद्ध बहुप्रचारित विरोध प्रदर्शनको समय पनि पहलवानहरूसँग खेलाँची गरिएको आरोप लगाएका छन्। योगेश्वरले भने, विनेशले देशमा गलत माहौल बनाइन्। यहाँसम्म कि विरोध प्रदर्शनको समय पनि मानिसहरूलाई गलत तरिकाले भेला हुने आह्वान गरियो। अहिलो ओलम्पिकको मात्र कुरा गर्दा पनि भारतले पदक गुमाएपछि उनीसँग केही गलत भएको अनावश्यक धारणा बनाइयो। विनेशले उल्टा देशसँग माफी माग्नु पर्ने थियो।










