खरसाङमा नेपाली भाषा मान्यता दिवस सामरोह साथै सुनौं सुनाऔँको ५४औँ प्रकरण सम्पन्न

IMG-20260820-WA0190

खरसाङ: गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा ३५औँ नेपाली भाषा मान्यता दिवस सामरोह पुस्तकालयको डा. पारसमणि प्रधान प्रेक्षाग‌ृहमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता पुस्तकालयका अध्यक्ष आईएन शर्माको अध्यक्षतामा र उपाध्यक्ष विनोद रसाइलीको सञ्चालनमा सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पूर्व सभापति एवं वरिष्ठ साहित्यकार पूर्ण गुरुङ ‘निरुपम’, पूर्व सभापति रबीनकुमार प्रधान, सचिव एलडी मोक्तान, वरिष्ठ साहित्यकार जीबी बल, आकाशवाणी खरसाङका पूर्व कार्यक्रम निष्पादक जेपी तामाङ, प्रज्ञा साझा मञ्चका अध्यक्ष रमेश थापा लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रमको शुरुमा अतिथिहरुका बाहुलीबाट धुप दीप प्रज्वलन गर्दै भाषा मान्यताको आन्दोलनमा शहीद भएका शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गरिएको छ। सूचना अनि सांस्कृतिक विभाग जीटीएका कलाकारले नेपाली भाषा विषयमा लेखिएको स्वागत गीत प्रस्तुत गरेका थिए भने स्वागत सम्भाषण गोर्खा जनपुस्तकालयका सह सचिव निरङ्कर थापाले राखेका थिए। कार्यक्रममा नेपाली भाषा मान्यताको आन्दोलन र नेपाली भाषाले पाएको मान्यता आन्दोलनको ऐतिहासिक पृष्ठभूमि र नेपाली भाषा विषयमा वार्ता आकाशवाणी खरसाङका पूर्व कार्यक्रम प्रमुख पारसचन्द्र आलेले राखेका थिए।‌ उनले नेपाली भाषा मान्यता आन्दोलनको विस्तृत इतिहास बताउँदै मान्यतासम्मको विवरण प्रस्तुत गरेका थिए भने नेपाली भाषा मान्यता र नेपाली भाषाको प्रयोगलाई लिएर दर्शक दीर्घामा रहेका अतिथिहरुसित पनि अन्तर्क्रिया गरेका थिए। कार्यक्रमको अर्को चरणमा गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा आयोजना हुने साहित्यिक कार्यक्रम सुनौं सुनाऔँको ५४ औँ प्रकरण सम्पन्न भएको छ। उक्त कार्यक्रममा १३ जना कविहरुले कविताहरु वाचन गरेका थिए। यस साहित्यिक कार्यक्रमलाई कवि एवं सुनौँ सुनाऔँ साहित्यिक प्रकरणका संयोजक विनोद रसाइलीले सञ्चालन गरेका थिए। यस साहित्यिक कार्यक्रममा कविहरु क्रमैेले तारा छेत्री, बालकृष्ण थामी, उषाकिरण सत्यदर्शी, मिना लामा राई, दिल थापा, प्रदीप शेर्पा, हनोक थापा, डा. मनोहर भुजेल, शोभा राई, सञ्जीव छेत्री, मिलन प्रधान, विनोद रसाइली आदिले कविता वाचन गरेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन पुस्तकालयका उपाध्यक्ष प्रकाश प्रधानले राखेका थिए भने अध्यक्षीय सम्बोधन सभाध्यक्ष आईएन शर्माले राखेका थिए। यस अवसरमा नेपाली भाषा मान्यताको आन्दोलन विषयमा वक्तव्य राखेका थिए।

खरसाङमा आयोजित नेपाली भाषा मान्यता दिवस र साहित्यिक कार्यक्रमक विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गोर्खा जनपुस्तकालय खरसाङको उपाध्यक्ष एवं सुनौँ सुनाऔँ साहित्यिक प्रकरणका संयोजक विनोद रसाइलीले विस्तृत रुपमा जानकारी गराउँदै आगामी ३० अगस्तमा गोर्खा जनपुस्तकालय खरसाङ, प्रज्ञा साझा मञ्च र सूचना अनि सांस्कृतिक विभाग जीटीएको संयुक्त आयोजनामा नेपाली भाषा मान्यता दिवस सामरोह खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा आयोजना गरिने जानकारी गराएका छन्।

About Author

Advertisement