खरसाङमा निर्दलीय उम्मेद्वार मोहन शर्मा र युवाहरुमाझ सभा

IMG-20260420-WA0095

मेरो भिजनलाई मन पराएर धेरैले अघि आएर साथ दिईरहेका छन्: मोहन शर्मा

खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि निर्दलीय उम्मेद्वार मोहन शर्माले आज खरसाङमा जेन्जी युवाहरुलाई लिएर सभा गरेका छन्। युवाहरुलाई रोजगार दिने वाचाको साथमा चुनावी मैदानमा उत्रिएका निर्दलीय उम्मेद्वार मोहन शर्माको घोषणा पत्रलाई हेरेर खरसाङका‌ केही युवाहरुले साथ दिएपछि खरसाङमा भेटघाट गरेका छन्। यस अवसरमा युवाहरुले खुल्ला रुपमा अघि आएर निर्दलीय उम्मेद्वार मोहन शर्मालाई यसपालीको विधानसभा चुनावमा साथ र सहयोग दिने भएको छन्। मोहन शर्माको युवाहरुप्रति रहेको भिजनको लागि खरसाङका युवाहरुले भोट दिएर जिताउने‌ वाचा गरेका छन्। खरसाङमा युवाहरुसित भेटघाट र भिजन सेयरपछि खरसाङमा पत्रकार सम्मेलन आयोजना गरेर खरसाङ विधानसभा समष्टिको लागि निर्दलीय उम्मेद्वार मोहन शर्माले खरसाङका युवाहरुले भेटघाट गर्न बोलाएपछि खरसाङमा आएर भेटघाट गरिएको जानकारी गराउँदै युवाहरुले साथ दिने भएका छन्। उनले भने, मेरो भिजनलाई मन पराएर धेरैले अघि आएर साथ र सहयोग गरिरहेका छन्। धेरैजना अघि आउन नसके पनि भित्रभित्रै साथ दिने र परिवारबाट भोट दिने वाचा गरेका छन्‌।’
खरसाङमा आयोजित पत्रकार सम्मेलनमा खरसाङ विधानसभा समष्टिको निर्दलीय उम्मेद्वार मोहन शर्मा युवाहरुको प्रतिनिधि गरेको र युवाहरुलाई रोजगार दिने वाचाको साथमा चुनावी मैदानमा उत्रिएका कारण युवाहरुले साथ दिने वाचा गरेको बताए। युवाहरुले मोहन शर्माको घोषणा पत्र हेरेर युवाहरु अघि आएर साथ र सहयोग दिएको पनि बताएका छन्।

About Author

Advertisement