खरसाङमा धन्तेरस र तिहारको सर सामानहरु किन्न मानिसहरुको भीड

8779c953-bc55-4a51-976b-9612c01b0c23

खरसाङ: खरसाङ बजारमा तिहारको रमझमसितै धन्तेरसको अवसरमा मानिसहरुको भीडभाड देखियो। मानिसहरु खरसाङ बजारमा तिहारको तयारीको लागि किनबेचमा व्यस्त देखियो भने धन्तेरसको लागि सर सामानहरु भीडभाडको साथमा किनिरेहको देखियो। तर बजारमा जत्ति नै भीडभाड देखिए पनि बिक्री भने गत वर्षहरुको तुलनामा धेरै कम्ती भएको दोकानदारहरुले बताएका छन्। यसपाली खरसाङ बजारमा मुख्य रुपमा स्थानीय रुपमा उत्पादन गरिएको सयपत्री र मखमली फूलहरुभन्दा मधेसतिरबाट ल्याएको फूलहरु बेसी देखियो। यसको अतिरिक्त यसपाली खरसाङ बजारमा प्लास्टिकको फूलहरु अध्याधिक रुपमा देखियो। यसपाली सयपत्री र मखमली फूलको सट्टा प्लास्टिकको फूलहरुले नै काम चलाउनु पर्ने जस्तो देखिएको छ। किनभने बेसी मात्रामा प्लास्टिकको फूलहरु बजारमा प्रशस्त रुपमा बिक्रीमा देखिएको छ‌। यसको साथै बजारको केही स्थानतिर मात्र सिटोङ क्षेत्रबाट ल्याइएको सयपत्री, मखमली आदि फूलहरु बिक्रीमा राखिएको देखिएको छ। यसको साथै धानको बाला, सयपत्री, अन्य फूलहरु सबै मधेसतिरबाट ल्याएर बिक्रीमा राखिएको देखिएको छ। यसपाली प्लास्टिकको फूलहरुको भरमा नै तिहार टार्नु पर्ने बाध्यता देखिएको छ‌। यसको साथै महँगाईको मारले पनि यसपाली गत वर्षको तुलनामा कम सर सामानहरु बिक्री भएको खरसाङ बजारका दोकानेहरुले बताएका छन्। विशेष गरेर मानिसहरुको तिहारको काग तिहारभन्दा पनि धन्तेरसको सर सामानहरु किन्न भीड देखिएको र नेपाली गोर्खाहरुको महान् चाड तिहारलाई ध्यान दिनु भन्दा बेसी धन्तेरसपट्टि ध्यान दिएको धेरैले बताएका छन्। विशेष गरेर नेपालीहरुको महान चाड तिहारमा कुचो, माना, नाङ्लो, डोको, थुङ्चे लगायत हर्दी, नून किन्नु पर्ने तर नेपाली जातिको परम्पराभन्दा अन्य जातिको परम्परामा अनुसार धन्तेरस भन्दै पित्तलको सर सामानहरु किनेको धेरैले‌ बताएका छन्।‌
यसपालीको तिहारको अवसरमा बिक्री पनि कम भएको सबैले बताएका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ बजारका एकजना दोकाने तथा खरसाङ हाट बजार व्यवसायी संगठनका सभापति राजु सेवाले यसपालीको तिहारमा पहिलाको जस्तो हर्षोल्लास छैन, कुनै जोश छैन, व्यापार पनि कम छ भनी बताएका छन्। उनले यसपाली महंगाईको‌‌ मार जनताले भोगिरहेका छन्। किनभने धन्तेरसको समयमा पनि बिक्री धेरै हुनु पर्ने तर यसपाली कम छ भनी बताएका छन्। उनले भने, हामीले नेपाली परम्परा बिर्सेर अरुको परम्परा पछाड्दैछौं र नेपाली परम्परा अनुसार सयपत्री, मखमली, कुचो, माना, नाङ्लो, डोको, थुङ्चे लगायत हर्दी, नून किन्नु पर्ने तर हामी अरु जातिले जस्तै धन्तेरसपट्टि लागिरहेका छौँ। तर आज तिहारको काग तिहार हो।’

About Author

Advertisement