खरसाङको सिंगेल चियाबारीस्थित नयाँ धुरा गाउँमा पैह्रोले एक घर खतरामा

IMG-20240804-WA0259

मानिसहरू हिँड्ने बाटो अवरूध्द

खरसाङ: लगातार परेको पानीको कारण खरसाङदेखि केही मुनि रहेको सिंगेल चिया बगान अन्तर्गत नयाँ धुरा गाउँमा पैह्रो गएको जानकारी प्राप्त भएको छ। यस गाउँको स्थानीय निवासी फुर्बा तामाङको घरबाट नै पैह्रो गएको जानकारी सिंगेल चियाबारीको नयाँ धुराको स्थानीय ग्रामवासी रबि राईले दिएका छन्। यो पैह्रोले गर्दा पैदल बाटो हुँदै सिंगेलदेखि खहरे जाने बाटो बन्द भएको छ। त्यसैले यो पैह्रोलाई समयमा नै रोकथाम नगरे फुर्बा तामाङको घर साथै गाउँसमेत तान्न सक्ने सम्भावना देखिएको छ। स्थानीयहरूले उक्त बाटोको मरमत्तिको लागि सम्बन्धित विभागलाई निवेदन गरेका छन्।

यस पैह्रो विषयमा स्थानीय रवि राईले यो पैह्रो फुर्बा तामाङतो घर नजिकबाट गएको र यस पैह्रोले तलपट्टि रहेको खहरे जाने बाटोलाई पनि क्षति गरेको बताएका छन्। उनले यो पैह्रो अझैं पनि झर्ने क्रम जारी रहेको र यस पैह्रोको झट्टै मरमत्ति गरिनु पर्ने आवश्यकता रहेको बताएका छन्। उनले पञ्चायतको तर्फबाट पोलिथिनहरू दिएको र छोपेको पनि जानकारी गराएका छन्।

About Author

Advertisement